प्रतिनिधि सभामा यी हुन् कांग्रेसका आधिकारिक उम्मेदवारहरू
काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेससहित विभिन्न दल र स्वतन्त्रहरूले आइतबार दर्ता गराएको मनोनयनको नामावली सार्वजनिक गरेको छ ।
आयोगले मंगलबार सार्वजनिक गरेको सूचनाअनुसार झापा–१ मा विश्वप्रकाश शर्माले मनोनयन दर्ता गराएका छन् ।
पाँचथरमा भीष्मराज आङदेम्बे, सुनसरी–३ मा विजयकुमार गच्छदार, झापा–३ मा कृष्णप्रसाद सिटौला, धनकुटामा सुनीलबहादुर थापा, सोलुखुम्बुमा बलबहादुर केसी, मोरङ–२ मा सुजाता कोइरालाको मनोनयन दर्ता भएको छ ।
सुनसरी–४ मा ज्ञानेन्द्रबहादुर कार्की, उदयपुर–१ मा डा. नारायण खड्का, तेह्रथुममा सीता गुरुङ, संखुवासभामा दीपक खड्का, ओखलढुंगामा रामहरि खतिवडा, इलाम–२ मा डम्बर खड्का, झापा–४ मा देउकुमार थेबे, झापा–५ मा खगेन्द्रपाण्डव अधिकारी, मोरङ–१ मा डिगबहादुर लिम्बू, मोरङ–३ मा सुनील शर्मा, सुनसरी–२ मा सीताराम मेहताले मनोनयन दर्ता गराएका छन् ।
धनुषा–४ मा महेन्द्र यादव, बारा– १ मा उमाकान्त चौधरी, सिरहा–२ मा चित्रलेखा यादव, सप्तरी–१ मा रामदेव साह, सप्तरी–३ मा दिनेशकुमार यादव, सप्तरी–४ मा तेजुलाल चौधरी, सिरहा–१ मा पदमनारायण चौधरी, धनुषा–२ मा रामकृष्ण यादव, पर्सा–४ मा रमेश रिजालको मनोनयन परेको छ ।
महोत्तरी–४ मा महेन्द्रकुमार राय यादव, सर्लाही–४ मा नागेन्द्रकुमार राय, रौतहट–२ मा रित्तोद आलम, रौतहट–४ मा देवप्रसाद तिमिल्सिना, पर्सा–२ मा अजयकुमार चौरासिया, पर्सा–३ मा सुरेन्द्रप्रसाद चौधरीको मनोनयन परेको आयोगको सूचनामा उल्लेख छ ।
काठमाडौं–४ मा गगन थापा, मकवानपुर–१ मा महालक्ष्मी उपाध्याय ‘डिना’, काठमाडौं–१ मा प्रकाशमान सिंह, नुवाकोट–२ मा अर्जुननसिंह केसी, सिन्धुली–१ मा श्यामकुमार घिमिरेको मनोनयन परेको छ ।
सिन्धुपाल्चोक–२ मा मोहनबहादुर बस्नेत, काठमाडौं–५ मा प्रदीप पौडेल, चितवन–२ मा उमेश श्रेष्ठ, ललितपुर–१ मा उदयशम्शेर राणा, काभ्रे–२ मा शिवप्रसाद हुमागाइँ, भक्तपुर–२ मा दुर्लभ थापाको मनोनयन परेको छ ।
काठमाडौं–३ मा सन्तोष चालिसे, काठमाडौं–६ मा भीमसेनदास प्रधान, काठमाडौं–१० मा राजेन्द्रकुमार केसी, रसुवामा मोहन आचार्य, धादिङ–२ मा रामनाथ अधिकारीको मनोनयन परेको छ ।
चितवन–१ मा विश्वनाथ पौडेल, रामेछापमा कान्छाराम तामाङको मनोनयन परेको छ ।
तनहुँ–१ मा रामचन्द्र पौडेल, स्याङ्जा–१ मा राजु थापा, स्याङ्जा–२ मा धनराज गुरुङ, नवलपुर–१ मा डा.शशांक कोइराला, तनहुँ–२ मा शंकर भण्डारी, पर्वतमा अर्जुन जोशीको मनोनयन परेको छ ।
मनाङमा टेकबहादुर गुरुङ, मुस्ताङमा योगेश गौचन थकाली, कास्की–१ मा किशोरदत्त बराल, गोरखा–१ मा राजेन्द्र बजगाइँको मनोनयन परेको छ ।
बाँके–३ मा किशोरसिंह राठौर, रुपन्देही–३ मा बालकृष्ण खाण, दाङ–३ मा दीपक गिरी, बर्दिया–१ मा सञ्जय गौतम, नवलपरासी–२ मा देवेन्द्र कँडेल, नवलपरासी–१ मा विनोद चौधरीको मनोनयन परेको छ ।
अर्घाखाँचीमा पुष्पा भुसाल, गुल्मी १ मा चन्द्र भण्डारी, रुपन्देही–४ मा प्रमोद यादव, रुपन्देही–५ मा भरतकुमार शाह, कपिलवस्तु–२ मा सुरेन्द्र आचार्य, कपिलवस्तु–३ मा अभिषेकप्रताप शाहको मनोनयन परेको छ ।
सुर्खेत–१ मा पूर्णबहादुर खड्का, सुर्खेत–२ मा हृदयराम थानी, मुगुमा ऐनबहादुर शाही, दैलेख–२ मा दिक्पाल शाहीको मनोनयन परेको छ ।
डडेलधुरामा शेरबहादुर देउवा, बाजुरामा बद्री पाण्डे, दार्चुलामा दिलेन्द्रप्रसाद बडू, कञ्चनपुर–२ मा एनपी साउद, कञ्चनपुर–३ मा रमेश लेखक, कैलाली–४ मा वीरबहादुर बलायर, कैलाली–१ मा रामजनम चौधरी, अछाम–२ – पुष्प शाह र कैलाली–५ – डिल्लीराज पन्तको मनोनयन परेको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया