के भयो मोहन बस्नेतको मनोनयन ? कहाँ दर्ता भयो उम्मेदवारी ?
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन् ।
सोमबार कांग्रेसका नेता नेता कार्यकर्ता र शुभेच्छुकहरूसहित निर्वाचन कार्यालय पुगेका नेता बस्नेतले प्रतिनिधि सभातर्फ प्रत्यक्षमा मनोनयन दर्ता गराएका हुन् ।
नेता बस्नेतले सिन्धुपाल्चोकको विकासमा आफ्नो सधैं साथ र सहयोग रहने बताएका छन् । उनले आफूसहित गठबन्धनका उम्मेदवारहरूलाई मतदान गर्न अनुरोध गरेका छन् ।
सिन्धुपाल्चोक जिल्लाको विकास र सहयोगमा सधैँ अगाडि रहेका नेता बस्नेतले आफूलाई जनताको सेवक ठान्दै आएका छन् ।
क्षेत्र नं. २ ‘क’ प्रदेश सभा निर्वाचन क्षेत्रमा माओवादीका युवराज दुलालले मनोनयन दर्ता गराएका छन् ।
क्षेत्र नं. २ को ‘ख’ प्रदेश सभातर्फ कांग्रेसका कृष्णकुमार तामाङले मनोनयन दर्ता गराएका छन् ।
सिन्धुपाल्चोकको क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. ‘क’मा कांग्रेसकी मनकुमारी खड्काको मनोनयन परेको छ ।
बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया