रुपन्देही–३ मा कांग्रेसको जितको झण्डा गाड्न खाणद्वारा मनोनयन दर्ता
भैरहवा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीको क्षेत्र नं. ३ बाट प्रतिनिधि सभातर्फ प्रत्यक्षमा मनोनयन दर्ता गराएका छन् ।
आइतबार भैरहवास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आफ्ना समर्थकसहित पुगेर खाणले उम्मेदवारी दर्ता गराएको कांग्रेसका नेता विमल ढकालले बताए । नेता खाणले सोमबार दुई बजेर २७ मिनटको उत्तम साइतमा मनोनयन दर्ता गराएका हुन् ।
नेता खाणको प्रस्तावक कांग्रेसको क्षेत्र नं. ३ का सभापति सुशील गुरुङ र समर्थक सुद्धोधन गाउँपालिकाका सभापति दामोदर पौडेल र सिद्दार्थनगर सभापति कोषिशबहादुर खडका रहेका छन् ।
रुपन्देही क्षेत्र नं. ३ को प्रदेश ‘क’मा लोकतान्त्रिक समाजवादीका सन्तोष पाण्डे र ‘ख’मा नेपाली कांग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र ढकालले मनोनयन दर्ता गराएका छन् ।
स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा यो क्षेत्रमा कांग्रेस पहिलो नम्बरमा छ । कांग्रेसले ३४ हजार १५३ मत पाएको छ ।
मनोनयन दर्तापछि पत्रकारहरूसँग कुरा गर्दै कांग्रेस नेता खाणले आन्तरिक लोकतन्त्र, संविधानको रक्षा र मुलुकको समृद्धिका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् ।



बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया