भारतमा लुटिएका २ नेपालीको उद्धारका लागि कांग्रेस नेता शाहद्धारा पहल, न्याय दिन भिड्यो ‘शाह भवन’

कृष्णनगर । भारतको गुजरातबाट नेपाल आउँदै गरेका दुई नेपालीलाई बेहोस बनाएर लुटपाट भएको छ ।

कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं. ४, त्रिपलनगर निवासी डम्बरप्रसाद भण्डारीलाई बेहोस बनाएर लुटपाट गरिएको हो । भण्डारीको उद्धार गरिएको छ । गोरखपुरको चारबागबाट नेता शाहले कृष्णानगरबाट पठाएको टोलीले भारतीय प्रहरीको सहयोगमा उद्धार गरिएको थियो । भण्डारीका परिवारजनको आग्रहमा उद्धार गरिएको छ ।

बेहोस बनाइएका अर्का नेपालीको उद्धारका लागि खोजी जारी रहेको छ ।

लुटपाट भएपछि भण्डारीले नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य अभिषेकप्रताप शाहसँग न्यायका लागि आग्रह गरेका छन् ।

नेता शाहले भारतको उत्तर प्रदेशका सुरक्षाकर्मीहरुसँग समन्वय गरेर पीडित भण्डारीका दोषीलाई पक्राउ गरेर कारबाही गर्न आग्रह गरेका छन् । शाहले लुटपट भएको सामान पनि फिर्ताका लागि उत्तर प्रदेश प्रहरीसँग आग्रह गरेका छन् ।

भारतीय प्रहरीले पनि दोषीलाई ट्रयाक गरेर पक्राउ गरी कारबाही गर्ने आश्वासन दिएको कांग्रेसका युवा नेता शाहले बताएका छन् ।

दशैँ मनाउन भारतको गुजरातबाट नेपाल आउने क्रममा भण्डारी र अर्का एक जनालाई बेहोस हुने औषधि मिसाइएको खानेकुरा खुवाएर अपरिचित समूहले लुटपाट गरेका थिए ।

बेलाबेलामा नेपालीहरु भारतमा लुटिने गरेका छन् । केही स्थानमा भारतीयबाट नेपालीहरुलाई पनि कुटपिट पनि हुने गरेको छ ।

कपिलवस्तुको क्षेत्र नं. ३ का प्रतिनिधि सभाका निवर्तमान सांसद समेत रहेका कांग्रेस नेता शाहको घर कृष्णनगरस्थित नेपाल र भारत सिमानाको नजिक पर्छ ।

नेपालीहरुलाई समस्या पर्दा ‘शाह भवन’मा पुगेर पीडितहरुले सहयोगको आग्रह गर्दै आएका छन् । शाह परिवारले करीव ५० वर्षभन्दा लामोदेखि समयदेखि सिमानामा वा भारततिर समस्यामा पर्ने नेपालीहरुको उद्धार, राहत र न्यायका लागि सहयोग गर्दै आएको छ ।

Published : Thursday, 2022 October 6, 9:13 am

फेसबुकबाट तपाईको प्रतिक्रिया