यी हुन् कांग्रेसका समानुपातिक सांसदका बन्द सूचीका उम्मेदवार, सरिता र योगेन्द्रको पक्का

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक तर्फका १ सय १० जना उम्मेदवार तय गरेको छ । खस आर्य पुरुषको पहिलो नम्बरमा प्रवक्ता डा.प्रकाशशरण महतको नाम छ । महिलातर्फ केन्द्रीय सदस्य अम्बिका बस्नेतको नाम छ ।

आदिवासी जनजाति पुरुषतर्फ पहिलो नम्बरमा गोपालमान श्रेष्ठको नाम छ । महिलातर्फ सरस्वती बजिमयको नाम राखिएको छ । दलित महिलातर्फ पहिलो नम्बरमा शान्ति परियार र पुरुषतर्फ सहमहामन्त्री जीवन परिवारको नाम रहेको छ ।

मधेशी पुरुषतर्फ विमलेन्द्र निधिको नाम पहिलो नम्बरमा छ । महिलातर्फ नगिना यादवको नाम छ ।

थारु पुरुषतर्फ केन्द्रीय सदस्य योगेन्द्र चौधरीको नाम रहेको छ । महिलातर्फ कल्पना चौधरीको नाम समानुपातिकको पहिलो नम्बरमा रहेको छ ।

मुस्लिमतर्फ सहमहामन्त्री फरमुल्लाह मन्सुर र महिलातर्फ केन्द्रीय सदस्य जावेदा खातुन जागाको नाम रहेको छ ।

खस आर्य पुरुषतर्फ डा.प्रकाशशरण महत, वसन्त भट्टराई, आनन्दप्रसाद ढुंगाना, गोविन्द भट्टराई, त्रैलोक्यप्रताप सेन, डिल्लीबहादुर कार्की, दामोदर गौतम, किरण गिरी, मीन भाम, भीम थपलिया, बालकृष्ण पाण्डे, जयपति रोकाय, नरेशबहादुर सिंह, सरोजकुमार थापा, सुरेन्द्र दाहाल, शिवराज जोशी, खडानन्द खनाल रहेका छन् ।

महिलातर्फ अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाण, कान्तिका सैजुवाल, मैना रावल कार्की, रमा कोइराला, उमा दाहाल, मधु शाही, भद्रा भण्डारी, प्रसिस महरा, किरण कोइराला, भावना शाही, मृदुला कोइराला, अम्बिका शर्माको नाम रहेको छ ।

आदिवासी जनजाति पुरुषतर्फ गोपालमान श्रेष्ठ, केशरमान रोक्का, सन्दीप राना, गोपालसिं राजभण्डारी, कृष्ण घर्ती मगर, मनोहरनारयण श्रेष्ठ, कमोट फागो, अईन्द्र केरुङ्ग, मोहन राई, दिनेश राई, सनत मुर्मु, कालु मेचे, जगतबहादुर तामाङ, लालबहादुर गुरुङ्ग, ललितसिंह बोहरा, भीम श्रीसको नाम रहेको छ ।

आदिवासी जनजाती महिलातर्फ सरस्वती बजिमय, लीला बोखिम, सीता राना मगर, शुलिता थिङ, सपना भण्डारी, माया राई, कुशुम थापा मगर, मनोरमा शेरचन, अन्जनी श्रेष्ठ, रिनुका काउचा मगर, कृष्णा आमात्य, सरु लमा, मधु जगेवु, विन्दा आले राना, गीता सेन्दाङ, निर्मला वस्नेत तामाङको नाम रहेको छ ।

दलित पुरुषतर्फ जीवन परियार, लोकबहादुर सुनार, हरिशरण नेपाली, गोविन्द परियार, मुक्तबहादुर महते, डम्बर सुनार, महा सहनाई नेपाली (पिछडिको क्षेत्र)को नाम रहेको छ ।

दलित महिलातर्फ शान्ति परियार, रुपा विक, सीता मिजार, आशा विक, विष्णुमाया परियार, फूलोदेवी दास, देविका नेपाली, कोपिला विकको नाम रहेको छ ।

मधेसी पुरुषतर्फ विमलेन्द्र निधि, अनिल रुंगटा, रामचन्द्र तिवारी, सकलदेव सुतियार, हरेकृष्ण घोस, अयोधाप्रसाद यादव, शम्भु चौहान, नवलकशोर यादवको नाम रहेको छ ।

मधेशी महिलातर्फ नगिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी, नीनुकुमार कर्ण, संगीता मण्डल, अनिता यादव, सुष्मा तिवारी, मीनाक्षी झा, प्रियंकाकुमारी दासको नाम रहेको छ ।

थारुतर्फ पुरुष योगेन्द्र चौधरी, चुम नारायण तवेदार, फिरु रानाको नाम रहेको छ

थारु महिलातर्फ कल्पना चौधरी, विना थनेत, जीवन राना थारु, सुशीला चौधरीको नाम रहेको छ ।

मुस्लिम पुरुषतर्फ फरमुल्लाह मन्सुर, अब्दुल सतारको नाम छ भने महिला मुस्लिमतर्फ जावेदा खातुन जागा, दिलकुमारी सुवेदी (कमाल), नजवुल खानको नाम रहेको छ ।

Published : Wednesday, 2022 October 5, 5:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया