आरजु र मञ्जु पछाडि पुगे, गगनले ससुराको नाम झन् अगाडि ल्याए, स्वार्थी गगन कि शेरबहादुर ?

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्धय आरजु राणा र मञ्जु खाणको नाम समानुपातिकको सूचीबाट पछाडि सारिएको छ ।

राणा प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवाकी पत्नी हुन् राणको नाम आठौं नम्बरमा छ । नेतृ खाणको नवौं नम्बरमा नाम छ ।

समानुपातिकको सूचीलाई अन्तिम रुप दिन बसेको कांग्रेस नेताहरुको बैठकले राणा र खाणको नाम पहिलेको स्थानभन्दा पछि सारेको एक जना पदाधिकारीले जानकारी दिए ।

शनिबार निर्वाचन आयोगमा बुझाइएको समानुपातिकको बन्दसूची सच्याउने अन्तिम दिन थियो ।

सूचीमा रहेका कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा असोज १७ गतेको मिति तोकिएको छ ।

राणा र खाणले आफ्नो नामलाई केही पछाडि राखे पनि महामन्त्री गगन थापाका ससुरा केदारनरसिंह केसीको नाम समानुपातिक सूचीमा झन् अगाडि पुगेको छ ।

महामन्त्री थापाले सभापति देउवाले समानुपातिक सूचीमा एकलौटी गरेको भनेर बबण्डर मच्चाएका थिए । तर, आफ्नै ससुराको नाम भने अगाडि राख्न सफल भएका छन् ।

काठमाडौं क्षेत्र नं. ४ बाट प्रतिनिधि सभामा प्रत्यक्षमा उम्मेदवारी दिने तयारी गरेका महामन्त्री थापाले परिवार मोह देखाएका छन् ।

उता, कांग्रेसको प्रतिनिधि सभा सदस्यको समानुपातिक बन्द सूचीबाट कर्मा छिरिङको नाम हटेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष रहेका शेर्पाले आफ्नो नानम सूचीबाट हटेको बताएका छन् ।

कांग्रेसले निर्वाचन आयोगमा बुझाएको बन्द सूचीमा शेर्पाको नाम ३६ नम्बरमा थियो ।

गगन र शेखर कोइराला समूहले आफ्नो समूहका व्यक्ति सूचीमा नपरेको भन्दै विरोध गरेपछि कांग्रेसले बन्द सूची संशोधन गरेको हो । संशोधित सूचीबाट आफू हटेको शेर्पाले बताएका छन् ।

Published : Sunday, 2022 October 2, 1:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया