कांग्रेस कमजोर बनाउन आयोजित गगन–शेखरको गुटको कार्यक्रम देउवा समूहद्वारा खारेज

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेता शेखर कोइराला समूहले काठमाडौंमा चियापान गरेको छ ।

काठमाडौंको बत्तीसपुतीस्थित अनुपम फुडल्याण्डमा गगन–शेखर समूहले चियापान गरेको हो । चियापान कार्यक्रममा उप–सभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, नेता शेखर कोइराला, नेता चन्द्र भण्डारी, नेता सञ्जय गौतम, धादिङ कांग्रेसका पूर्वसभापति रमेश धमलालगायतको उपस्थिति थियो ।

कार्यक्रममा सभापति शेरबहादुर देउवा निकटका नेता कार्यकर्ताको अनुपस्थिति थियो ।

गगन–शेखर समूहका नेता डा.मीनेन्द्र रिजालसहितका नेताहरूको पनि अनुपस्थिति रहेको थियो ।

समानुपातिकमा ६०÷४० को भाग खोजेर गगन–शेखर समूहले सभापति देउवाविरुद्ध सडक आन्दोलन गरिरहेको छ ।

आन्दोलनका लागि आफू निकटका नेता कार्यकर्तालाई सडकमा उतारेका छन् ।

समानुपातिकको बन्द सूचीमा महामन्त्री थापाले आफ्नै निर्वाचन क्षेत्र काठमाडौं–४ बाट ८ जनाको नाम राखेका छन् । तैपनि थापालाई चित्त बुझेको छैन । सभापति देउवा र कांग्रेसविरुद्ध आफ्ना कार्यकर्ता उचालिरहेका छन् ।

Published : Thursday, 2022 September 29, 11:36 am

फेसबुकबाट तपाईको प्रतिक्रिया