समानुपातिकको टिकटमा नेताहरू व्यस्त रहेका बेला देउवाद्वारा क–कसलाई मनोनीत ?
काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन–२०७९, घोषणापत्र तयारी समिति’मा सदस्यहरू मनोनीत गरेका छन् ।
सभापति देउवाले मंगलबार सदस्य सचिवसहित ४१ जनालाई मनोनयन गरेको प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिएका छन् ।
कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समिति बनाएको छ । यसअघि कांग्रेसले महामन्त्री गगन थापालाई स्थानीय तहको निर्वाचनको घोषणा पत्र बनाउने जिम्मेवारी दिएको थियो ।
समितिको सदस्यमा सह–महामन्त्रीहरू फरमूल्लाह मंसुर, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, बद्रीप्रसाद पाण्डे, जीवन परियार रहेका छन् ।
केन्द्रीय सदस्यहरू मीनबहादुर विश्वकर्मा, किरण यादव, योगेन्द्र चौधरी, रंगमती शाही, प्रा.डा.गोविन्दराज पोख्रेल, सुशीला भट्ट मिश्र, नानु बाँस्तोला पनि सदस्यमा मनोनयन भएका छन् ।
अनुराधा कोइराला, मनोहरनारायण श्रेष्ठ, किरण गिरी, डा.विष्णुविभु घिमिरे, श्रवण मुकारुङ, डा. स्वर्णीम वाग्ले, सुरेश आचार्य, गेजा शर्मा वाग्ले पनि सदस्यमा मनोनीत भएका छन् ।
मदन कट्टेल, प्रमोदहरि गुरागाईं, डा. अञ्जनी झा, ई.अभिमन्युलाल सिंह, डा.ई.हरि दर्लामी मगर, अधिवक्ता डा. रुद्र शर्मा, डा. सञ्जय महतो थारु, भोजराज श्रेष्ठ, प्रताप पौडेल, डा. बुद्धिमान श्रेष्ठ पनि सदस्यमा नियुक्त भएका छन् ।
देउवाले शंकर तिवारी, डा. कृष्ण पौडेल, दीपेश घिमिरे, प्रकाश लामिछाने, डा. प्रिती मण्डल, मीन भाम, विनोद दास, सुमित खरेल, विकल राई र सदस्य सचिवमा प्रदीप पराजुलीलाई मनोनयन गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिनिधि सभा र प्रदेश सभाका लागि समानुपातिकको टिकटको बन्द सूची निर्वाचन आयोगमा बुझाउने र सच्याउने विषयमा नेताहरू व्यस्त रहेका बेला सभापति देउवाले समितिलाई पूर्णता दिएका छन् ।



बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया