कांग्रेसका चिरिबाबु बचे, बालेनसहितका मेयरहरू जरिवानामा परे
काठमाडौं । निर्वाचन आयोगले काठमाडौं, पोखरा, विराटनगर, चितवन, पोखरा र वीरगञ्जका मेयरहरूलाई जरिवाना तिराउने निर्णय गरेको छ ।
महानगरपालिकाका मेयरहरूले चुनावी खर्च विवरण समयमा नबुझाएको आयोगले जनाएको छ ।
आयोगले काठमाडौं, पोखरा, विराटनगर, चितवन, पोखरा र वीरगञ्ज महानगरपालिकाका मेयरलाई साढे सात लाख रूपियाँ जरिवाना तिराउने निर्णय गरेको छ ।
जरिवानामा पर्ने मेयरहरूमा काठमाडौंका मेयर बालेन्द्र शाह ‘बालेन’, पोखराका मेयर धनराज आचार्य, चितवनकी मेयर रेनु दाहाल र वीरगञ्जका मेयर राजेशमान सिंह रहेका छन् ।
धरान उप–महानगरपालिकाका मेयर हर्कराज साम्पाङलाई आयोगले साढे पाँच लाख रूपियाँ जरिवाना तोकेको छ ।
चुनावी परिणाम सार्वजनिक भएको ३० दिनभित्र खर्च विवरण नबुझाएपछि आयोगले जरिवाना तोकेको छ ।
आयोगले ७ हजार पानामा जरिवाना तिर्नुपर्नेहरूको सूची तयार पारेको छ ।
उनीहरूसहित १ लाख २३ हजार ६ सय २४ उम्मेदवारलाई कारबाही गर्ने निर्णय आयोगको छ ।
पराजित भएकाहरूको हकमा जरिवाना नतिरे उम्मेदवार बन्न पाउँदैनन् ।
विजयी भएकाहरूले ६ महिनाभित्र जरिवाना नतिरे उनीहरूको पद जाने कानूनी व्यवस्था छ ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले मात्रै समयमा निर्वाचनको खर्च विवरण बुझाएको आयोगले जनाएको छ । कांग्रेसका नेता समेत रहेका महर्जनले समयमा विवरण बुझाएर जरिवानाबाट बचेका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया