टिकटमा सोलुखुम्बु कांग्रेसद्वारा आङगेलुको एकल नाम सिफारिस, समानुपातिकमा बलबहादुर

काठमाडौं । नेपाली कांग्रेस सोलुखुम्बुले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ केन्द्रीय सदस्य आङगेलु शेर्पालाई एकल सिफारिस गरेको छ ।

जिल्ला सभापति नाम्गेलजाङ्बु शेर्पाका अनुसार प्रतिनिधि सभामा प्रत्यक्षतर्फ आङगेलुलाई सिफारिस गरिएको छ ।

प्रतिनिधि सभा समानुपातिकतर्फ सोलुखुम्बु कांग्रेसले केन्द्रीय सदस्य बलबहादुर केसीसहित ८ जनाको नाम सिफारिस गरेको छ ।

सोलुखुम्बु कांग्रेसले यस पटक केसीलाई समानुपातिकमा सिफारिस गरेर सम्मान गरेको छ ।

प्रतिनिधि सभामा समानुपातिकको सिफारिसमा पर्नेहरूमा पुरुषोत्तम बस्नेत, प्रभुराम बस्नेत, गोकर्ण राई, प्रकाशसिंह कार्की, आङछिरिङ शेर्पा, राधिका श्रेष्ठ र धर्म नेपाली रहेका छन् ।

प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’को प्रत्यक्षतर्फ विनोद बस्नेत, भलाकाजी कुलुङ राई, गणेशबहादुर बस्नेत, कुशराज राई, रोशन थुलुङ, भेषकुमार बाँस्तोला र थीरबहादुर बस्नेत रहेका छन् ।

‘क’तर्फ समानुपातिकमा छत्रध्वज बस्नेत, नातीकाजी गुरुङ, सरला नाछिरिङ, गीता गुरुङ, रीना उप्रेती केसी, जीन गुरुङ, एकाकुमारी कार्की, अशोक झा, जयप्रसाद राई, भक्त गुरुङ, फुर्तीमान तामाङ, विमला गुरुङ र हरिदेवी भुजेल रहेका छन् ।

प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’मा प्रत्यक्षतर्फ कर्मा शेर्पा, प्रेमबहादुर थापा मगर, साङ्गाबहादुर राईको नाम सिफारिस भएको छ ।

‘ख’मा समानुपातिकतर्फ डोल्मा तामाङ, फुजोर्जी शेर्पा, पासाङ शेर्पा, मनोज खड्का, टंकीमाया बस्नेत, मंगलसिंह तामाङ, सानुमाया राजभण्डारी, राजन बस्नेत र ल्हाक्पानुरु शेर्पा रहेको सभापति शेर्पाले बताएका छन् ।

सोलुखुम्बु कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभा सबैमा जित्ने गरेर रणनीति बनाएको छ ।

Published : Tuesday, 2022 September 6, 6:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया