बालेनलाई औकातमा बस्न महेश बस्नेतको चेतावनी, नक्शा पास नभएका अबैध घरहरूमा डोजर नचलाउन चेतावनी
काठमाडौं । सांसद अपहरणको वात लागेका एमालेका नेता महेश बस्नेतले आगामी निर्वाचनमा अध्यक्ष खड्गप्रसाद ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा पार्टीले अगाडि सार्ने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता बस्नेतले ओलीलाई एमालेले प्रधानमन्त्रीका रुपमा अगाडि सार्ने बताए । उनले दलहरू निर्वाचनको सन्दर्भमा आ–आफ्नो ढंगले तयारीमा लागेको भन्दै आफूहरू निर्वाचनको तयारीमा होमिएको बताए ।
‘देशव्यापी रुपमा निर्वाचनको तयारीमा एमाले गैरहेको छ’, उनले भने, ‘गठबन्धनले पनि आफ्नो तयारी गरिरहेको छ ।’
‘हामीले निर्वाचनको घोषणापत्र लेख्ने कामको थालनी गरेका छौं’, बस्नेतले भने, ‘यसको नेतृत्वमा पनि अध्यक्ष खड्गप्रसाद ओलीले गर्नुभएको छ ।’
उनले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडकमैत्री बनाउन खोजिएको आरोप लगाए ।
‘नागकिरता विधेयक त्यस्तै आयो । एसपीपी लागू गर्न खोजिएको छ’, उनले भने, ‘कुनै महाशक्ति राष्ट्रको छायाँको रुपमा अथवा सैन्य रणनीतिक अभ्यासभित्र हामीलई सामेल गरेर सेनाका चिफलाई अष्ट्रेलियाको मेलबर्न पठाएका छौं ।’
‘करको दर हेरफेर गरिएको छ । राष्ट्रपतिले पूनर्विचार गरियोस भनेको विदेयक जस्ताको त्यस्तै’, उनले भने, ‘प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने काम गरेको छ ।’
‘आफू अनुकूलकालाई निमित्त दिने । जनताले सबै कुरा हेरेका छन्’, एमालेका नेता बस्नेतले भनेका छन् ।
‘माधव, प्रचण्डले चलेखल गरे । हामीले ओलीलाई प्रमको रुपमा उभ्याउने निणृय गरेका छौं । संगठन सुदृढीकरण गरिरहेका छौं’, उनले भनेका छन्, ‘एमाले अहिले पनि पहिलो दल हो । अबको निर्वाचनमा पनि पहिलो नै हुन्छ । ३४ प्रतिशत भोट ल्याएका छौं ।’
‘४० प्रतिशत पपुलर मत ल्याउँछौं । एमाले कमजोर छैन । यो बीचमा गठबन्धनले जनताको हितविपरित काम गरेको छ’, उनले भने, ‘भ्रष्टचार गरेको छ । मल अभाव, पुस्तक अभाव भएको छ । यी ईस्युलाई हामीले सही ढंगले व्यवस्थापन गर्दा, १४ महिनाका उहाँहरुको अलोकप्रिय कामले हामीलाई फाइदा हुन्छ ।’
‘७० भन्दा बढि सिट बढि जित्छौं । बहुमत पुग्ने हाराहारीका साथ अघि बढेको छ । एमालेले गठबन्धन नगर्ने मोडालिटी बनाएको छ’, उनले भने, ‘स्थानीय तहको आवश्यकत्ताको आधारमा पनि जान सकिन्छ । निर्वाचनलाई जनताको हितमा उपयोग गर्छौं ।’
एमालेका नेता बस्नेतले भने, ‘संघीयता र धर्मनिरपेक्षता रिभ्यु गर्नुपर्छ भनेर, आउँदो सदनको यो महत्व्पूर्ण एजेण्डा हुन्छ । मुलुक र जनतालाई काम नलाग्ने मान्छे निर्वाचित नहुनपनि सक्छन् ।’
‘बालेन शाहले संरचना भत्काएकोमा किन विरोध ? हाम्रो नेपाली समाजमा कस्तो छ, एउटा मान्छेले व्यवसाय गर्ने कुरा, घर निर्माण गर्ने कुरा, २० वर्षको मिहिनेत जोडिएको छ’, बस्नेतले भने, ‘जीवनभरि कमाएको पैसाले घर बनाउँछ ।’
‘संविधान प्रदत्त अधिकार के हो भने सम्पत्तीको रक्षा गर्नु हो । विकल्प नदिईकन यस्तो काम गर्नुहुँदैन्’, उनले भने, ‘नक्शा पास नभएका घरहरू भत्काउन डोजर लगाउने हो भने उपत्यका बस्न नालायक ठाउँ हुन्छ । निर्माणको होइन, ध्वंशको । मैले मेरो जिल्ला, क्षेत्र र नगर नमूना काम गरेको छु । निर्माण गरेको छु । विध्वंश गरेको छैन् ।’
एमालेका नेता बस्नेतले काठमाडौंको मेयर शाहले कानून विपरित र नक्सा पासविना बनाइएका संरचना भत्काइरहेका बेला विरोध गरेका छन् । नेता बस्नेतले मेयर शाहलाई घुमाउरो भाषामा औकातमा बस्न चेतावनी दिएका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया