कांग्रेसका यी सक्षम युवा महिला नेतृहरूलाई देउवाले अवसर दिए
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले १० जना महिला नेतृहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् ।
मंगलबार विज्ञप्ति जारी गरेर देउवाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् ।
केन्द्रीय सदस्य मनोनीत हुनेमा किरण यादव (महोत्तरी), राधा घले (काठमाडौं), धना खतिवडा (ललितपुर), उर्मिला थपलिया (धादिङ्ग), रुक्मिणी कोइराला (मोरङ्ग), कल्याणी रिजाल (काठमाडौं), गोमा भट्टराई (झापा), गंगा शाही (रुपन्देही) लक्ष्मी खतिवडा (सुनसरी) र सीता देवकोटा (नवलपुर) रहेका छन् ।
सभापति देउवाले मनोनयन भएका नेतृहरूलाई बधाई तथा शुभकामना समेत दिएका छन् ।
देउवाले सक्षम र युवा नेतृहरूलाई प्राथमिकता दिएर मनोनयन गरेका छन् ।

बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया