कांग्रेससँग डराएर थुरुरु भएका ओलीले सुटुक्क यी नेतासँग भेटे

काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोलाएर चुनावी गठबन्धनका विषयमा छलफल गरेका छन् ।

शुक्रबार बेलुका बालकोटमा ओली र लिङ्देनबीच भेटवार्ता भएको हो ।

आगामी चुनावमा तालमेल गरेर जाने विषयमा उनीहरूका बीच छलफल भएको छ ।

मंसिर ४ गते हुने चुनावमा तालमेल गरेर जानेलगायत विषयमा छलफल केन्द्रित रहेको बुझिएको छ ।

ओली र लिङ्देनले गठबन्धन गरेर चुनावमा जानेबारेमा छलफल गरेका छन् । उनीहरूका बीच ठोस सहमति हुन सकेको छैन ।
राप्रपाका अध्यक्ष लिङ्देन झापा– ३ बाट प्रतिस्पर्धा गर्नेछन् ।

२०७४ मा पनि एमाले र माओवादी केन्द्रसहित वामगठबन्धनले लिङ्देनलाई समर्थन गर्दा लिङ्देन विजयी भएका थिए ।

एमालेको साथ पाएपछि लिङ्देनले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईलाई हराएका थिए ।

झापा– ३ मा यस पटक कांग्रेसका नेता सिटौला र राप्रपाका अध्यक्ष लिङ्देनबीच चुनावी प्रतिस्पर्धा हुनेछ ।

नेपाली कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धन सशक्त रुपमा आएपछि आत्तिएका ओलीले लिङ्देनलाई बोलाएर चुनावी गठबन्धनको तयारी गरेका छन् ।

Published : Saturday, 2022 August 13, 11:00 am

फेसबुकबाट तपाईको प्रतिक्रिया