देउखुरीमा गंगा र महराबीच घम्साघम्सी हुने, डरले भगेका महरालाई धुलोचटाउने तयारी

काठमाडौं । दाङ क्षेत्र नं. १ बाट एमालेबाट नेतृ गंगा चौधरी सत्गौवाले उम्मेदवारी दिने तयारी गरेकी छिन् ।

एमालेकी प्रतिनिधि सभाकी सांसद समेत रहेकी नेतृ चौधरीले दाङ क्षेत्र नं. १ बाट उम्मेदवारी दिने तयारी गरेको बुझिएको छ । नेतृ चौधरीले औपचारिक रुपमा केही भनेकी छैनिन् ।

राष्ट्रियताका विषयमा जबरजस्त अवाज उठाउँदै आएकी नेतृ चौधरी दुई पटक समानुपातिक सांसद भइसकेकी छिन् । अब उनले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ उम्मेदवारी दिने तयारी गरेकी हुन् ।

दाङको क्षेत्र नं. १ बाट सत्ता गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)का नेता मेटमणि चौधरी, माओवादी केन्द्रका नेता कृष्णबहादुर महराको नाम चर्चामा छ ।

नेपाली कांग्रेसबाट उम्मेदवार बन्ने विषयमा भने दाङ क्षेत्र नं. १ मा धेरै चर्चा छैन । एकीकृत समाजवादी र माओवादी केन्द्रले क्षेत्र नं. १ लाई दाबी गरेका कारण कांग्रेसका उम्मेदवारहरूले धेरै रुचि देखाएका छैनन् ।

रोशनी शाही काण्डमा परेर सभामुख पद गुमाएका महरा यसअघि दाङको क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए । क्षेत्र नं. २ मा एमालेका शंकर पोखरेल उम्मेदवार हुने भएपछि पराजित हुने डरले महराले २ नं. क्षेत्र छाडेर भाग्न थालेका छन् ।

लडाकुको पैसा भ्रष्टाचार, चीनको पैसा प्रकरण, रोशनी काण्डलगायतका काण्डै काण्ड लागेका महरा रोल्पाबाट दाङको क्षेत्र नं. २ मा झरेका थिए । क्षेत्र नं. २ बाट पनि भागेर महरा क्षेत्र नं. १ मा आउन लागेका छन् ।

दाङको लागि आयातित नेताका रुपमा चिनिने महरालाई दाङ क्षेत्र नं. २ ले जितायो । तर, उनले दाङमा विकासको कुनै पनि योगदान गर्न सकेनन् । बजेट सबै रोल्पामा लगेर खन्याए । महरालाई दङ्गाली जनताले टुरिस्ट नेताका रुपमा लिने गरेका छन् । महराले दाङलाई धेरै अन्याय गरेका छन् ।

Published : Friday, 2022 August 12, 8:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया