हिन्दुहरूले खाने क्वाँटीमा यस्ता छन् फाइदाहरू

काठमाडौं । हिन्दूधर्मालम्बीहरूले जनै पूर्णिमाको दिन ११ थरीका गेडागुडी क्वाँटी बनाएर खाने गर्छन् ।

क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभरि खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि तापको सञ्चार गर्छ भन्ने धार्मिक एवम् आयुर्वेद शास्त्रीय मान्यता रहेको छ ।

क्वाँटीमा चना, मस्याङ, मुग, बोडी, मास, भटमास, सिमी, बकुल्ला, सानो केराउ, ठूलो केराउ आदि गेडागुडीका मिसाएर टुसा उमारेर बनाइन्छ ।

यसले थकित शरीरमा ऊर्जा सञ्चार गर्छ । क्वाँटी चिसो पनि भगाउँछ ।

स्वास्थ्यका लागि फाइदाजनक क्वाँटीमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, मिनरल्स, फोलिक एसिड, आइरन तथा फाइबर पर्याप्त मात्रामा पाइन्छ ।

क्वाँटी शाकाहारी, गर्भवती महिला एवं बालबालिकादेखि बुढाबुढीसम्मका लागि उपयोगी छ ।

रेसादार खानेकुरा भएकाले यसले कब्जियत हटाउँछ अनि पाचन शक्तिमा सुधार ल्याउँछ ।

क्वाँटीले मधुमेह नियन्त्रण राख्न सघाउ पुर्‍याउनुका साथै उच्च रक्तचाप नियन्त्रणमा समेत सहयोग गर्छ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । कोलस्टेरोल नियन्त्रण गर्छ ।

क्वाँटीले शारीरिक तथा मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ ।

स्मरण शक्ति वृद्धि हुनुका साथै कुपोषण हटाउन पनि सहयोगी हुन्छ ।

रक्त सञ्चार तथा स्नायु प्रणालीलाई फाइदा पुग्छ ।

बालबालिकाको वृद्धि–विकासमा समेत सहयोग पुर्‍याउने भएकाले क्वाँटीको महत्व बालबालिकादेखि वृद्ध वृद्धासम्म सबैका लागि निकै महत्वपूर्ण रहेको छ ।

Published : Friday, 2022 August 12, 12:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया