वीरेन्द्र-डिल्ली-निर्मला-शंकरले र्‍याल चुहाए, कांग्रेसका कार्यकर्ताको शिर झुक्ने हर्कत गरे

काठमाडौं । लुम्बिनी प्रदेशका नेपाली कांग्रेसका सांसदहरूले उपचार खर्च लिएर लज्जित बनाएका छन् ।

हुनेखाने र धनी सांसदहरूले समेत उपचार खर्च लिएको तथ्याङले देखाएको छ ।

३ वर्षको अवधिमा प्रदेशसभा सचिवालयमार्फत् ४६ जना सांसदहरूले ५२ लाख ९५ हजार ८ सय ८० रुपियाँ औषधि उपचारका नाममा भुक्तानी लिएका छन् ।

उपचार खर्चका नाममा कांग्रेसका संसदीय दलका नेता वीरेन्द्र कनौडियाले ठूलो रकम लगेका छन् । कनौडिया चिनीका मिलका मालिक र व्यापारी हुन् ।

कनौडियाले दुई वर्षमा ४ लाख ७७ हजार ८ रुपियाँ उपचार खर्च लिएका छन् ।

लुम्बिनी प्रदेशका मन्त्री समेत रहेका कांग्रेसका सांसद डिल्लीबहादुर चौधरीले २ लाख ३७ हजार २ सय ७० रुपियाँ उपचार खर्च लगेका छन् ।

चौधरीसँग अर्बौको सम्पत्ति छ । बेस नामक एनजिओ पनि छ । मन्त्री चौधरीको दैनिक आम्दानी पनि उल्लेख्य छ । तैपनि चौधरीले उपचारका नाममा राज्यको रकम लगेका छन् ।

कांग्रेसकी सचेतक निर्मला क्षेत्री २ लाख ७३ हजार ८ सय ९७ रुपियाँ लगेकी छिन् ।

कांग्रेसका सांसद शंकर गिरीले ३५ हजार ५८ रुपियाँ उपचार खर्च लिएका छन् । नेपालगञ्ज घर भए पनि दाङबाट राजनीति गरेर दङ्गाली नेताहरूको भाग खोस्दै आएका गिरी सम्पन्न परिवारका हुन् । उनले उपचारका नाममा ३५ हजार पनि छाडेनन् ।

Published : Thursday, 2022 August 11, 9:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया