कांग्रेस नेतृत्वको सरकारले राम्रो काम गरेपछि एमालेलाई तनाब, देवले खोले कुरा

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् सांसद जितेन्द्रनारायण देवले सरकारले राम्रो काम गर्दा पनि प्रमुख प्रतिपक्ष दल एमालेले साथ नदिएको बताएका छन् ।

बुधबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद देवले निष्पक्ष ढंगले स्थानीय तह निर्वाचन सम्पन्न हुनु, महिला हिंसाविरुद्धको ऐन संशोधन हुनु, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा हुनु जस्ता काम हुँदा पनि एमालेले आलोचना मात्रै गरेको बताए ।

उनले नागरिकता सम्बन्धि ऐन संशोधन हुनु सरकारको ऐतिहासिक काम भएपनि एमालेले साथ नदिएको बताएका छन् ।

उनले एमालेलाई सरकारप्रति नकारात्मक भाव मात्रै राखेर अघि नबढ्न पनि पटक–पटक आग्रह गरेका छन् ।

लोकतन्त्रमा प्रतिपक्ष दल भनेको रचनात्मक हुनुपर्ने उनले उल्लेख गरेका छन् ।

कांग्रेसका सांसद देवले सकारात्मक सोंच लिएर आउन पनि प्रमुख प्रतिपक्ष दल एमालेलाई आग्रह गरेका छन् ।

सांसद देवले मुख्य राजनीतिक दलहरु अझै पनि एकतावद्ध भएर अघि बढ्नुपर्ने बेलामा एमालेले राजनीतिक तिक्तता ल्याउने खालको टिप्पणी गरिरहेको आरोप लगाएका छन् ।

Published : Wednesday, 2022 August 10, 6:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया