अमितको पाप धुरीबाट यसरी करायो, मुर्छापर्ने भए चोलेन्द्रसहितका भीआईपीहरू

काठमाडौं । काठमाडौं जिल्ला अदालतले ४१ वर्षीय अमित श्रेष्ठलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

मंगलबार जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको एकल ईजलासले श्रेष्ठलाई कारागार चलान गरेको हो । श्रेष्ठलाई ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ सम्बन्धी कसूर’मा पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश अदालतबाट आएको जिल्ला प्रहरी परिसर, काठमाडौंद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

श्रेष्ठलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनले पक्राउ गरेको थियो ।

उपत्यका अपराधले श्रेष्ठलाई कारबाहीका लागि पत्रसाथ जिल्ला प्रहरी परिसर काठमाडांैमा दाखिला गरेको थियो ।

श्रेष्ठको स्थायी घर नुवाकोटको बिदुर नगरपालिका– २ मा पर्छन । उनी हाल काठमाडौं महानगरपालिका–३ पानीपोखरीमा बस्दै आएका छन् ।

श्रेष्ठको साथबाट प्रहरीले मोवाइल थान–२ र ल्यापटप थान–२ बरामद गरेको थियो । प्रहरीले श्रेष्ठसँग बरामद गरेको मोबाइल र ल्यापटप नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग डिजिटल फरेन्सिक ल्यावमा पठाएको थियो ।

ल्यावबाट परीक्षण गरिँदा प्राप्त हुन आएको परीक्षण प्रतिवेदन प्रारम्भिकरुपमा विश्लेषण गर्ने क्रममा श्रेष्ठको नाममा रहेको खाताहरूमा अश्वभाविक स्रोत नखुलेको रकम फेला पारेको थियो ।

प्रहरीका अनुसार कमन वेल्थ बैंक अफ अष्ट्रेलियाको खातामा १ लाख ९४ हजार २ सय ८५ रुपियाँ ५६ पैसा डलर फेला परेको विज्ञप्तिमा उल्लेख छ ।

श्रेष्ठको रोयल बैंक अफ क्यानडाको खातामा १८ लाख ७४ हजार ४ सय २१ रुपियाँ ३८ पैसा कारोबार भएको देखिएको छ ।
रोय बैंक अफ क्याडाबाट शेयरवापत कारोवार समेत देखिएको छ ।

नेपालको एभरेष्ट बैंक लिमिटेडको खाताबाट २ करोड ६ लाख ६ हजार ६ सय बयानब्बे रुपियाँ र एनआईसी एसिया बैंक लिमिटेडको खाताबाट ६५ लाख चौबीस हजार ९ सय गरी नेपालबाट विभिन्न कम्पनीहरूमा सेयर लगानी रहेको पाइएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

श्रेष्ठको खातामा नविल बैंक लिमिटेड नेपालमा क्यानेडियन डलर ६७ हजार ५ सय ९६ रुपियाँ र नेपाली रुपियाँ पैसठ्ठी लाख देखिएको प्रहरीले जनाएको छ ।

श्रेष्ठको काठमाडौं महानगरपालिका– १४ कलंकीमा जग्गा भेटिएको छ । काठमाडौं महानगरपालिका– ३ लाजिम्पाटमा पनि जग्गा भेटिएको छ । पानीपोखरीमा थ्रीएटू अपार्टमेन्ट गरी जम्मा ४ लाख ४९ हजार १९ रुपियाँ डलरको सम्पत्ति रहेको प्रहरीले उल्लेख गरेको छ ।

श्रेष्ठमाथिको अनुसन्धान पश्चात जिल्ला सरकारी वकीलको कार्यालयमा प्रहरीले अनुसन्धान प्रतिवेदन पठाइएको थियो ।

सरकारी वकीलको कार्यालयबाट काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरी बहश पैरवी पश्चात मंगलबार श्रेष्ठलाई पुर्पक्षको लागि कारागार कार्यालय, डिल्लीबजार चलान गरिएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नुवाकोटमा साधारण परिवारमा जन्मिएका श्रेष्ठ रातारात अर्बपति बनेका छन् । श्रेष्ठ क्यानडा, अष्ट्रेलियामा करोडौं रकम खातामा राख्ने हैसियत कहाँबाट बनाए ? रहस्यको विषय बनेको छ ।

उनको नाममा लुम्बिनीमा पनि होटेल छ । जमीन छ । त्यसलाई प्रहरीले भेटाउन सकेको छैन ।

नुवाकोटका नेपाली कांग्रेसका नेताहरूमार्फत प्रहरीका केही उच्च अधिकारी, निलम्बनमा रहेका प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, बिचौलिया प्रभुशम्शेर जबरालगायतसँग निकट मानिने श्रेष्ठले चालेन्द्रको अबैध रकम विदेशमा लगेर व्यवस्थापन गरेको आरोप छ ।

श्रेष्ठले आफ्नै धैरै साथी र पाटर्नरहरूलाई फसाउनेदेखि पैसा खाइदिएको आरोप छ ।

श्रेष्ठका दुइटी पत्नी हुन् । उनी अरु युवतीहरूसँग पनि रिलेशनमा बसेको चर्चा छ । कान्छी पत्नीलाई दुःख दिएर डिभोर्स गरिसकेका छन् ।

श्रेष्ठलाई छुटाउन कांग्रेस नेता जगदीश्वर नरसिंह केसी, वरिष्ठ अधिवक्ता शम्भु थापा, बाजेको सेकुवाका मालिक चेतन भण्डारी र मालिक्नीसहितका व्यक्तिहरू लागेका थिए । कसैको केही पनि चलने ।

प्रहरीको बलियो अधिनुसन्धान र न्यायालयको शक्तिशाली आदेशपछि श्रेष्ठ डिल्लीबजार कारागार चलान भएका छन् । श्रेष्ठले गरेका पाप धुरीबाट कराएकै कारण थुनामा परेका छन् । निर्दोषलाई फसाउँदा र अपराध गर्दा ढिलोचाँढो सजाय पाइन्छ भन्ने प्रष्ट भएको छ ।

Published : Tuesday, 2022 August 9, 10:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया