बालेनले नर्भिक हस्पिटललाई नाङ्गेझार बनाए, धनाढ्य बसन्त चौधरीले तोरीको फूल देखे

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले सम्झौताविपरीतका संरचना हटाउन नर्भिक हस्पिटललाई २४ घण्टे अल्टिमेटम दिएका छन् ।

काठमाडौंको थापाथलीस्थित नर्भिक हस्पिटलले सरकारसँग भाडामा लिएको जग्गामा अनधिकृत रूपमा संरचना बनाएको भन्दै महानगरले भत्काउन अल्टिमेटम दिएको हो ।

काठमाडौं महानगरपालिकाको नाममा दर्ता रहेको एक रोपनी आठ आना एक पैसा क्षेत्रफल रहेको जग्गा नर्भिक हस्पिटलले वार्षिक २७ हजार रुपियाँ भाडा तिर्ने गरी भूमिसुधार तथा व्यवस्था विभागका एकजना कर्मचारीसँग सम्झौता गरेर लिएको थियो ।

सरकारी जग्गा भाडामा दिने निर्णय मन्त्रिपरिषदबाट हुन्छ । नर्भिक हस्पिटलले चलखेल गरेर कौडीको भाउमा वार्षिक २७ हजार मात्र तिर्ने गरेर साढे १ रोपनी सरकारी जमीनमा भौतिक संरचना बनाएर चलाउँदै आएको छ ।

संरचना नबनाउने सर्तमा जग्गा भाडामा लिए पनि नर्भिकले संरचना बनाएपछि हटाउन महानगरले अल्टिमेटम दिएको छ ।
नर्भिकले अहिले सो जग्गामा संरचना बनाई अक्सिजन सिलिन्डरहरू राखेको छ ।

तोकिएको समयसीमाभित्र संरचना नहटाए नियमानुसार कारबाही गर्ने महानगरले जनाएको छ ।

चौधरी ग्रुपका मालिक विनोद चौधरीका भाइ बसन्त चौधरीले नर्भिक हस्पिटल चलाउँदै आएका छन् । यो हस्पिटल निकै महँगो छ ।

शक्ति र पैसाको दुरुपयोग गरेर बसन्त चौधरीले सरकारी जमीन कौडीको भाउमा भाडामा लिएर नर्भिक हस्पिटल चलाउँदै आएका छन् ।

Published : Monday, 2022 August 8, 9:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया