कांग्रेसको यी दुई निर्णयले एमालेको धड्कन बढ्यो, बालुवाटारले बालकोटलाई दियो तनाब

काठमाडौं । नेपाली कांग्रेसले पार्टीबाट स्थानीय तह निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने निर्णय गरेको छ ।

सोमबार बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठकले साउनको ३० र ३१ गते काठमाडौंमा प्रशिक्षण कार्यक्रम आयोजना गरिनेछ ।

पत्रकारसँग कुरा गर्दै कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले प्रशिक्षणमा कांग्रेसबाट निर्वाचित देशभरिका जनप्रतिनिधि सहभागी हुने जानकारी दिएका छन् ।

यसैबीच, निर्वाचनमा कांग्रेसका नेताहरू देशभर तालमेलको पक्षमा देखिएका छन् ।

नेताहरूले अधिकांश स्थानमा गठबन्धनका उम्मेदवार जित्ने गरी तालमेल गर्नुपर्ने सुझाव दिएको प्रवक्ता डा.महतले बताएका छन् ।

कसले कति सिट पायोभन्दा पनि गठबन्धनका उम्मेदवारलाई कसरी विजय गराउने भन्नेमा ध्यान दिनुपर्ने नेताहरूको भनाइ छ ।

नेताहरूले २०७४ को चुनाव र वैशाख २०७९ मा भएको स्थानीय चुनावलाई आधार बनाएर सिट बाँडफाँट गर्नुपर्ने धारणा राखेका छन् ।

डा.महतले कार्यदलका कांग्रेसका तीन जना सदस्यलाई पार्टीका नेताहरूले सुझाव दिएको बताए ।

‘तालमेललाई कसरी अगाडि बढाउने भन्नेबारे नेताहरूले कार्यदल सदस्यहरूलाई सुझाव दिनुभएको छ’, प्रवक्ता डा.महतले भने, ‘चुनावी तालमेल र सिट बाँडफाँटबारे पदाधिकारी तथा पूर्वपदाधिकारीले आ–आफ्ना सुझाव दिनुभएको छ ।’

महतका अनुसार अधिकांश नेताहरूले सिट बाँडफाँटको आधार मतलाई बनाउन सुझाव दिएका छन् ।

कांग्रेसले गरेका यी निर्णयहरूबाट एमाले झस्किएको छ । एमालेलाई झन् तनाब हुनेछ ।

Published : Monday, 2022 August 8, 2:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया