ओलीले लात हानेपछि देउवाको शरणमा पुगे यी नेताहरू, मन्त्री मागेर हैरान

काठमाडौं । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरूले भेट गरेका छन् ।

आइतबार बालुवाटारमा देउवासँग जसपाका नेताहरूले निर्वाचनमा चुनावी तालमेल गरेर अघि बढ्नेबारेमा छलफल गरेका हुन् ।

लोसपा सरकारमा सहभागी हुने सम्बन्धमा छलफल भएको लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले जानकारी दिएका छन् ।

लोसपाले नागरिकतासम्बन्धी ऐन पारित गरी कार्यान्वयन गर्न र पक्राउ परेका कार्यकर्ताको रिहाइ गर्ने विषयमा सकारात्मक छलफल भएको उल्लेख गरेको छ ।

देउवाले नागरिकतासम्बन्धी विधेयक पारित भइसकेको र लोसपाका कार्यकर्ताहरूको रिहाइको मुद्दा फिर्ताका लागि प्रक्रिया अघि बढिसकेको जानकारी गराएका छन् ।

लोसपासँग सहकार्यका लागि प्रधानमन्त्री देउवा सकारात्मक रहेको महतोले बताएका छन् ।

पाँचदलीय गठबन्धनमा लोसपा पनि सहभागी हुने तथा सरकारमा सहभागी हुने विषयमा पनि सकारात्मक कुराकानी भएको महताले दाबी गरेका छन् ।

प्रधानमन्त्री देउवासँगको भेटमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र लोसपाका अध्यक्ष महन्थ ठाकुर, नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्णलगायतका नेताहरू सहभागी थिए ।

लोसपाका नेताहरू यसअघि एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको पछाडि लागेका थिए । ओली सत्ताभन्दा बाहिर पुगेपछि लोसपाका नेताहरू देउवाको पछाडि दौडिरहेका छन् ।

लोसपाका नेताहरू मन्त्री बनेर सरकारमा सहभागी हुन र निर्वाचनमा कांग्रेसको फेर समातेर जित्ने रणनीतिमा छन् ।

ओलीले लोसपाका नेताहरूलाई पछिल्लो समय लात हानेर भाउ दिएका छैनन् । आफ्नो स्वार्थपूरा हुँदासम्म लोसपालाई ओलीलाई आफ्नो वरीपरी घुमाए । तर, माग पूरा गरेनन् ।

त्यस बेला लोसपाका महन्थ ठाकुर, राजेन्द्र महतोसहितका नेताहरू नेपाली कांग्रेस र सभापति देउवालाई नेता नै गनेका थिएनन् ।

Published : Sunday, 2022 August 7, 10:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया