रोशनीसँग हायलकायल बनेका कृष्णबहादुर महरा कहाँबाट उम्मेदवार बन्छन् ?

घोराही । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति घोषणा हुनेवित्तिकै माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले आफूलाई दाङ केन्द्रित बनाएका छन् ।

एमालेको सहारामा तत्कालीन समयमा दाङको क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा निर्वाचित भएका महरा यस पटक नेपाली कांग्रेसका सहारामा जित्ने प्रयासमा छन् । महराले एमालेबाट फुटेर आएको नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाको पनि मत पाएर सांसद बन्छु भन्ने सपना देखिरहेका छन् ।

कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धनका कारण महरालाई दाङको २ नं. क्षेत्र भागबण्डामा पर्ने चर्चा छ । महराले जसरी २ नं. क्षेत्र विगतमा जस्तो गरेर सहजै रुपमा जित्छु भनेर सोँचेका छन् त्यति सजिलो छैन ।

दाङमा महरा निकै कमजोर भएका छन् । एमालेका महासचिव शंकर पोखरेल निकै बलियो बनेर आएका छन् । पोखरेलसँग महरालाई जित्न सहज छैन । महरालाई विभिन्न काण्ड लागेका छन् । यौनकाण्ड, चीनको पैसा खाएको काण्ड, माओवादी लडाकुको पैसा हिनामिना काण्ड आदि महरालाई लागेका काण्ड हुन् ।

महराभन्दा पोखरेल धेरै क्लिन छन् । महराको भन्दा पोखरेलको नैतिक आचरण सफा छ । पोखरेलका धेरै अवगुण छन् । तर, महरालाई जस्तो यौनकाण्डको आरोप लागेन ।

दाङ क्षेत्र नं. २ का मतदाताले महरालाई जिताएर पठाए । महरा सभामुख पनि बने । यद्यपि, महराले सभामुख पद गुमाउनु पर्‍यो ।

महराले मतलाई खुशी बनाउन सकेनन् । बरु महरा यौन काण्डमा मुछिएर लामो समय थुनामा बस्नु पर्‍यो । रोशनी शाहीले महरालाई यौनकाण्ड लगाएर थुनाइन् । पछि महराले न्यायालयबाट सफाइ पाए ।

माओवादीका नेता महराले गठबन्धनबाट टिकट पाउँछु भनेर चुनावमा प्रतिस्पर्धा गरिहाल्नुभन्दा सांसद बन्ने रहर छभने समानुपातिकबाट उम्मेदवार बन्दा हुन्छ । महराले जित्ने सम्भावना दाङ क्षेत्र नं. २ मा निकै कठीन छ ।

चुनाव घोषणा भइसकेपछि अहिले आएर कार्यकर्ताको घरमा पुगेर भारत खाँदैमा वा अरुले ल्याएका पुराना योजनाको अनुगमन गरेको भरमा महराले जित्ने छैनन् ।

महराका आसेपासेले जे पनि सल्लाह दिन सक्छन् । त्यो सल्लाहलाई महराले एक्लै बसेर ठीक ढंगले विश्लेषण गरेर निर्णय लिनु उपयुक्त हुन्छ । महराका लागि दाङको धरातल ठीक छैन् ।

दाङ क्षेत्र नं. २ महराको आफ्नै गृहजिल्ला पनि होइन । महरा २ नं. क्षेत्रका आयातित नेता हुन् । महराको निर्वाचन क्षेत्र रोल्पा हो । बरु रोल्पा गएर चुनावमा उम्मेदवार बन्दा हुन्छ ।

महराले बजेट र विकासका योजनाहरू पनि दाङको क्षेत्र नं. २ मा भन्दा धेरै रोल्पामा लगेर हालेका छन् ।

Published : Sunday, 2022 August 7, 6:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया