गोविन्दराज जोशीले घोषणा गरे आफू उम्मेदवार बन्ने जिल्ला र क्षेत्र

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसह–महामन्त्री गोविन्दराज जोशीले प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्ने घोषणा गरेका छन् ।

पूर्वमन्त्री समेत रहेका जोशीले गृहजिल्ला तनहुँको क्षेत्र नं. १ बाट उम्मेदवार बन्ने बताएका हुन् । उनले सञ्चारकर्मीहरूसँग तनहुँ– १ बाट उम्मेदवारी दिएर विजयी भएर आउने बताए ।

जोशीले उम्मेदवारी दिने घोषणा गरेपछि कांग्रेसका नेता रामचन्द्र पौडेललाई तनाब भएको छ । तनहुँको क्षेत्र नं. १ बाट पौडेलले प्रतिस्पर्धा गर्दै आएका छन् ।

जोशीलाई कांग्रेसले कारबाही गरेको छ । नेता पौडेलको दवाव र व्यक्तिगत इगोका कारण जोशीलाई कांग्रेसबाट निकालिएको छ ।

जोशी कम्युनिस्टप्रति निकै कठोर मानिन्छन् । जोशी मन्त्री भएका बेला तनहुँमा धेरै विकास गरेका थिए । पछिल्लो समय पनि उनले जिल्लाबासीका समस्या समाधान गर्दै आएका छन् ।

Published : Sunday, 2022 August 7, 10:52 am

फेसबुकबाट तपाईको प्रतिक्रिया