पर्यटन मन्त्रालय भ्रष्टाचारको अखडा रहेको पुष्टि, ठूलो रकमसहित भीआईपी मान्छे पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसनधान आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नागरिक उड्डयन महाशाखाका उप–सचिव प्रमोद नेपाल घुसको रकमसहित पक्राउ गरेको छ ।

मंगलबार आयोगले उप–सचिव नेपाललाई ६ लाख घुससहित पक्राउ परेको जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो ।

प्याराग्लाइडिङ सञ्चालनका लागि अनुमतिपत्र दिने सम्बन्धमा उप–सचिव नेपालले घुस लिएका हुन् ।

उनलाई काठमाडौंको होटेल अर्यानाबाट प्रकाउ गरिएको थियो ।

अख्तियारको टोलीले उप–सचिव नेपालको कारबाट स्रोत नखुलेको १६ लाख ५० हजार रुपियाँ बरामद गरेको छ ।

उप–सचिव नेपाल चढ्ने बा १ झ ९९४६ नम्बरको कार खानतलासी गर्दा १६ लाख ५० हजार रकम भेटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहतका कार्यालय एवम् विभागहरूमा चरम भ्रष्टाचारका कुरा बाहिर आइरहेका बेला उप–सचिव नै घुसको ठूलो रकमसहित पक्राउ परेका छन् ।

पर्यटन मन्त्रालयमा ठूलो घोटाला हुने गरेको छ । मन्त्री र उच्च कर्मचारीहरू भ्रष्टाचारमा संलग्न छन् ।

Published : Tuesday, 2022 August 2, 9:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया