गृहमन्त्री खाणद्वारा अचानक रामचन्द्र पौडेलसँग भेट
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेट गरेका छन् ।
सोमबार नेता पौडेलको निवास बोहोराटारमा पौडेल र खाणबीच भेटवार्ता भएको हो । भेटमा पार्टीको आन्तरिक कुरासहितका विविध विषयमा कुराकानी भएको बुझिएको छ ।
गृहमन्त्री खाणले समसामयिक राजनीति र पार्टीको संगठन सुदृढीकरणबारे कुराकानी भएको बताएका छन् ।
कांग्रेसमा केही केन्द्रीय सदस्यको मनोनयन गर्न बाँकी छ । पार्टीको विभाग र भ्रातृ संस्थाहरूलाई पूर्णता दिने विषयमा पनि उनीहरूका बीचमा कुराकानी भएको जनाइएको छ ।
Published : Monday, 2022 August 1, 11:27 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया