एमाले नेतृ एवम् उप–मेयर जागेश्वरीले छोरासँग मिलेर बुहारी कुट्न लगाइ घरबाट लखेटिन्

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी उप–मेयर एवम् एमालेकी नेतृ जागेश्वरीदेवी चौधरीकी बुहारी घरेलु हिंसामा परेको घटना बाहिर आएको छ ।

तिलोत्तमा नगरपालिका–१७, गंगोलिया मुडियारी निवासी जागेश्वरीदेवीकी बुहारी २५ वर्षीया वर्षा थारुले आफू घरेलु हिंसामा परेको भन्दै प्रहरीमा उजुरी दिएपछि घटना बाहिर आएको छ । कम्यनिस्टहरू कति ढोँगी हुन्छन् भन्ने कुरा यो घटनाले स्पष्ट बनाएको छ ।

वर्षाले आफ्ना श्रीमान् मोहन थारुले दैनिक रुपमा लागुपदार्थ सेवन गरी कुटपिट गर्ने, गाली बेइज्जती गर्ने र मानसिक यातना दिने गरेको भन्दै इलाका प्रहरी मंगलापुरमा उजुरी दिएकी हुन् ।

घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुटवल पठाइएको इलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख एवं प्रहरी नायव निरीक्षक थमनबहादुर रोकाले जानकारी दिएका छन् ।

वर्षाले श्रीमान मोहनलाई कारबाहीको माग गर्दै उजुरी दिएपछि घटना बाहिर आएका छ ।

मोहनले कुटपिट गर्दा वर्षाको शरीरमा घाउचोट समेत लागेको छ । मोहनले दैनिक लागुपदार्थ सेवन गर्ने, गाँजा भर्न लगाउने, शारीरिक तथा मानसिक तनाव दिँदा घरका सासु–ससुराले समेतले बेवास्ता गरेको वर्षाले प्रहरीसमक्ष बताएकी छिन् ।

वर्षाका पति मोहनले गाडी चलाउँछन् । मोहनले घरखर्च नदिने, यातना दिने र सासु जागेश्वरी एवं ससुराले समेत बेवास्ता गर्दा आफूले बच्चाको लालनपालनमा समस्या भोगेको प्रहरीलाई बताएकी छिन् ।

वर्षाले पत्रकारहरूसंग भनेकी छिन्, ‘श्रीमानले मलाई दिनहुँ यातना दिएपछि मैले उजुरी दिएकी हुँ ।’

‘आइतबार पनि मलाई कुटपिट गरी घाइते बनाएपछि दिदीको घरमा आएर शरण लिएकी छु’, उप–मेयर जागेश्वरी चौधरीकी बुहारी वर्षाले भनेकी छिन्, ‘अब मलाइ झन् बढी हिंसा हुन सक्छ । न्याय नपाएसम्म घर फर्किन्न ।’

घरमा ससुराले केही सहानुभूति देखाउने गरे पनि तिलोत्तमा नगरपालिकाकी उप–मेयर समेत रहेकी सासु जागेश्वरीले हेला गर्ने गरेको गुनासो वर्षाले गरेकी छिन् ।

उप–मेयर जागेश्वरीदेवी विगतका दुवै स्थानीय तहको निर्वाचनबाट उप–मेयरमा विजयी भएकी एमाले नेतृ हुन् । जागेश्वरी तिलोत्तमा नगरपालिकाकी न्यायिक समितिको संयोजक पनि हुन् ।

जागेश्वरीले नगरपालिकाको हरेक काममा लफडा गर्दै आएकी छिन् । जागेश्वरी अराजक शैलीमा प्रस्तुत हुँदा पटक–पटक नगर सभा स्थगित भएका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसीले वर्षाका श्रीमान् मोहन सम्पर्कविहीन भएको बताएका छन् ।

Published : Monday, 2022 August 1, 7:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया