सवा अर्ब ऋण तिरेका अधिकारीलाई हटाउन खोज्दै, अध्यक्ष पदको मूल्य ५ करोडबाट बार्गेनिङ

काठमाडौं । एमाले फुटाएर नेकपा (एकीकृत समाजवादी) पार्टी बनाएर अध्यक्ष बनेका माधवकुमार नेपालले आफ्नो विगतको छाविलाई बचाउन नसकेको टिकाटिप्पणी हुन लागेको छ ।

एमाले फुटाएको कलंक नेपाललाई छ । नेपालले त्यो कलंकलाई पखाल्न धेरै नदी तर्नुपर्ने हुन्छ ।

पार्टी फुटाउने बेला प्रेमबहादुर आले, कृष्ण श्रेष्ठ जस्ता नेताहरूको साथ लिँदा नेपालको छविमा धक्का पुगेको छ । रामकुमारी झाक्री तुलनात्मक आले र श्रेष्ठभन्दा केही माथि नै छिन् । तर, झाक्री पनि मन्त्री पद फुत्किदा रोएको दृष्य र मन्त्रालयमा कमिशनको काण्ड मच्चाएको घटनाले विवादित छिन् । विरोध खतिवडाले पनि आफ्नो छवि बचाउन सकेनन् ।

अहिले आएर अध्यक्ष नेपालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयहरूका राजनीति नियुक्तिहरूमा नजर लगाएका छन् । चुनाव आउँदै गरेका अध्यक्ष नेपालले आफ्नै पार्टीका मन्त्रीले राजनीतिक नियुक्त गरेकालाई हटाएर नयाँ नियुक्त गर्नुको उदेश्य के हो भनेर ? प्रश्न उठेको छ ।

सबै विभाग, विकास समिति, संस्थान, प्राधिकरण, बोर्डलगायतमा तत्कालीन मन्त्रीहरूले नियक्त गरेका थिए । नियुक्त गर्ने बेला तत्कालीन मन्त्रीहरूले आर्थिक लाभ लिएको र त्यो लाभको ‘कुटुरो’ अध्यक्ष नेपालको घर कोटेश्वरसम्म पुगेको चर्चा छ ।

तत्कालीन पर्यटनमन्त्री आलेले त आफैले राजनीतिक नियुक्त गरेका कर्मचारीहरूलाई समते ३/४ महिनामै हटाउने प्रयास गरे । आफैले नियुक्त गरेकालाई किन हटाउनु पर्‍यो ? त्यसको भित्री कुरा आलेलाई नै थाहा होला ।

स्वास्थ्य मन्त्रालयमा पनि नियुक्तिहरूका कुरा आएका छन् । स्वास्थ्य सामग्री खरिद, उच्च तहका कर्मचारीको सरुवाका कुरा आएका छन् । ती सबैमा अध्यक्ष नेपालको नाम जोडिएका छन् ।

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको सिफारिसमा नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारी नियुक्त भएका थिए । अधिकारीलाई आलेले नै नियुक्त गरेका थिए । पछि आलेले कानून विपरितका काम गर्न दवाव दिएको र नमानेपछि अधिकारीलाई हातपातमा आले उत्रिए । आलेलाई कारबाही गर्नुको साटो अधिकारीलाई नै हटाउन अध्यक्ष नेपाल र अहिलेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ लागेका छन् ।

अधिकारी निगमको कार्यकारी अध्यक्ष बनेर आएपछि घाटामा रहेको निगम फाइदामा गएको छ । अधिकारीकै कारण निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको १ अर्ब ३५ करोड ऋण तिर्न सक्षम भएको छ ।

निगममा सुधार भइरहेका बेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री श्रेष्ठले कार्यकारी अध्यक्ष अधिकारीलाई स्पष्टीकरण सोधेका छन् । अधिकारीलाई प्रक्रिया पु¥याएर हटाउने र आफूले चाहेको व्यक्तिलाई आर्थिक लाभ लिएर नियुक्त गर्ने तयारी मन्त्री श्रेष्ठ र अध्यक्ष नेपालको योजना रहेको स्रोतको भनाइ छ । निगमको कार्यकारी अध्यक्षमा नियुक्त हुन ५ करोड दररेट तोकिएको चर्चा छ ।

तत्कालीन मन्त्री आलेले अधिकारीलाई कार्यकारी अध्यक्षबाट निलम्बन गरेका थिए । अधिकारीले सर्वोच्च अदालतबाट अल्पकालीन अन्तरिम आदेश लिएर काममा फर्किएका थिए । अदालतमा विचाराधीन विषयमा छानविन समिति बनाएर मन्त्री श्रेष्ठले स्पष्टीकरण सोध्न र बयान लिने कार्य गरिरहेका छन् ।

पर्यटनमन्त्री श्रेष्ठ पनि आलेभन्दा गतिलो देखिएका छैनन् । अधिकारीलाई हटाएर झलनाथ खनाललाई कमजोर बनाउने योजनामा मन्त्री श्रेष्ठ र अध्यक्ष नेपाल लागेको आरोप छ । अधिकारी नेता खनालकै गृहजिल्लाका हुन् ।

एकीकृत समाजवादीका अध्यक्ष नेपाल र पर्यटनमन्त्री श्रेष्ठले निगमको कार्यकारी अध्यक्ष बनाउन ५/६ जनाको नाम गोजीमा राखेर हिँडेका छन् ।

निगमको अध्यक्ष बन्न दीप ज्वारचन, अमृति श्रेष्ठ, नेपाली सेनाका पूर्व कर्णेल रविन्द्र बस्नेत, सुवास रिजाल, गोवर्धन खड्का, क्याप्टन सुधिर राई दौडधुपमा लागेका छन् । सुधिर राईलाई कार्यकारी अध्यक्ष बनाउन चौधरी ग्रुपले पैसा बोकेर हिँडेको आरोप छ । दीपु ज्वारचनलाई दीपक मल्होत्रा र यती समूह पैसा बोकेर हिँडेको छ । रविन्द्र बस्नेत पनि निकै विवादित व्यक्ति हुन् ।

अधिकारीलाई कार्यकारी अध्यक्षबाट हटाउने नै होभने रिलेदौडमा रहेकामध्ये सुवास रिजाल अरुभन्दा राम्रो छन् । अध्यक्ष नेपाल र मन्त्रीहरूले कर्मचारीहरूलाई हातमा लिएर काम गर्नेभन्दा पनि कसरी कमाई हुन्छ भनेर धन्दामा लागेको आरोप छ ।

Published : Sunday, 2022 July 31, 9:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया