यी सह–सचिवहरूको सरुवा

काठमाडौं । सरकारले ११ जना सह–सचिवहरूको सरुवा गरेको छ ।

शुक्रबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सह–सचिवहरूको सरुवा गरेको हो ।

दिवस आचार्यको राष्ट्रिय सूचना आयोगमा सरुवा भएको छ । प्रधुम्नप्रसाद उपाध्यायको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा भएको छ ।

सह–सचिव ध्रुव घिमिरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएको छ ।

श्यामकृष्ण थापाको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा भएको छ ।

अणप्रसाद न्यौपानेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा भएको छ ।

सह–सचिव चक्रवर्ती कण्ठको सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा भएको छ ।

कुमार घिमिरेको शहरी विकास मन्त्रालयमा सरुवा भएको छ ।

सह–सचिव देवराज निरौलाको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय कर्णाली प्रदेशमा सरुवा भएको छ ।

उद्धवप्रसाद रिजालको धरान उप–महानगरपालिकामा सरुवा भएको छ ।

सह–सचिव डा. राधा वाग्लेको वन, वातावरण तथा भू–संरक्षण मन्त्रालयमा सरुवा भएको छ ।

डा.सञ्जीवकुमार राईको वन मन्त्रालयमा सरुवा भएको छ ।

Published : Friday, 2022 July 29, 11:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया