बालेन्द्रले पनि काठमाडौंमा औकात देखाइ छाडे, बिरालो झैँ म्याउँ गरे

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले नेपाली कांग्रेस र एमालेका नेताहरूका नामका संघ संगठनहरूलाई ठूलो अनुदान रकम उपलब्ध गराएका छन् ।

मेयर शाहले करीव ४ करोड रुपियाँ नेताका नाममा खुलेका फाउन्डेसन, ट्रस्ट, प्रतिष्ठानसहितका संघसंस्थालाई अनुदान दिन लागेका हुन् ।

मेयर शाहले चालु आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट तथा कार्यक्रममा बाट अनुदान सुविधा दिन लागेको उल्लेख छ ।

कांग्रेसका संस्थापक नेता स्व.गणेशमान सिंहको नाममा रहेको ‘गणेशमान सिंह फाउन्डेसन’लाई प्रयोजन नखुलाई ५० लाख अनुदान दिने गरी बजेट पास भएको छ ।

फाउन्डेसनको भवनमा फर्निचर राख्न थप ५० लाख बजेट महानगरले दिएको छ ।

महानगरपालिकाले एमाले नेता मदन भण्डारीको नाममा खुलेको ‘मदन भण्डारी स्पोर्टस् एकेडेमी’लाई ५० लाख बजेट अनुदान विनियोजन भएको छ ।

पुष्पलाल श्रेष्ठको नाममा खुलेको ‘पुष्पलाल स्मृति केन्द्र’लाई ५० लाख अनुदान दिइँदैछ ।

महानगरपालिकाले कांग्रेस नेता वीपी कोइरालाको नाममा खुलेको ‘जननेता वीपी कोइराला स्मृति ट्रष्ट’लाई २ करोड अनुदान उपलब्ध गराउँदैछ ।

कांग्रेस नेतृको नाममा रहेको ‘मंगलादेवी प्रतिष्ठान’को तजबिजीमा खर्च गर्ने गरी ५० लाखको एक सीप प्रवर्द्धन कार्यक्रमका लागि पनि महानगरले बजेट दिएको महानगर उच्च स्रोतले जनाएको छ ।

मदन भण्डारी फाउन्डेसनलाई महानगरले २०७४ यताका ४ वर्षमा ५ करोड ३५ लाख अनुदान दिएको छ ।

काठमाडौं महानगरले फाउण्डेसन अन्तर्गतकै मदन भण्डारी स्पोर्टस् एकेडेमीलाई गत आर्थिक वर्षमा मात्र ७० लाख दिएको थियो ।

महानगरपालिकाले मंगलादेवी प्रतिष्ठानलाई गत वर्ष ६७ लाख बजेट दिएको थियो ।

गत वर्ष गणेशमान सिंह फाउन्डेसनलाई ६० लाख ५० हजार र गिरिजाप्रसाद कोइराला फाउन्डेसनलाई १ करोड ५ लाख अनुदान दिइएको थियो ।

मेयर शाहले राम्रो काम गरेर बजेट दुरुपयोग रोक्ने अनुमान थियो । तर, शाहले नै नेताका नामका प्रतिष्ठान र संगठनहरूलाई रकम दिने निर्णय गराएर काठमाडौं महानगरका जनताको आशामा निराशा गरिदिएका छन् ।

Published : Thursday, 2022 July 28, 11:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया