देउवाले दिएको काम खाणले यसरी फत्ते गरे, कांग्रेसले बोलेको कुरा पूरा गर्‍यो, कुरा बुझेपछि एमाले चुपचाप

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गृहमन्त्री बालकृष्ण खाणले सहमतिका साथ नागरिकता विधेयक पारित भएको छ ।

‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ प्रतिनिधि सभा र राष्ट्रियसभाबाट पास गराउन खाणले विशेष भूमिका खेलेका थिए ।

खाणले एमालेका अध्यक्ष खड्गप्रसाद ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरूसँग पटक÷पटक भेट गरेर सहमति जुटाएका थिए ।

विधेयक प्रक्रिया पुर्‍याएर राष्ट्रपतिबाट प्रमाणित गरेपछि ‘नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९’ हुनेछ ।
तत्कालै ऐनअनुसारको नियमावली बनाएर कार्यान्वयन गरिनेछ ।

नेपाली नागरिकका छोराछोरी भएर पनि नागरिकता पाउन नसकेकाहरूलाई नागरिकता प्रदान गर्न गृहमन्त्री खाणले नागरिकता विधेयकको संशोधनमा उल्लेख गरिने विषयबारेमा सहमति जनाएका हुन् ।

विधेयकमा समेटेका विषयलाई संसदबाट पारित गर्न सत्तापक्षका दलहरू सहमत भएपछि विधेयक २९ असारमा प्रतिनिधिसभामा पेस भएको थियो ।

गृहमन्त्री खाणले प्रतिवेदनमा सहमति जुटाउन प्रतिपक्षी दलहरूसँग पनि पटक–पटक छलफल गरेका थिए ।

सत्तापक्षमा रहेका दललाई सहमतिमा ल्याउनु भयो र राज्यव्यवस्था समितिले प्रतिवेदनसहित सभामा पेस गरेको विधेयक फिर्ता गरे । त्यसैदिन तत्कालीन आवश्यकतालाई परिपूर्ति गर्नेगरी बनाइएको अर्को विधेयक संसदमा दर्ता गराए । यो विधेयक प्रतिनिधिसभाबाट साउन ६ गते प्रतिनिधि सभाबाट पारित भएको थियो ।

गृहमन्त्री खाणले राष्ट्रियसभामा ९ साउनमा पेस गरेका थिए । बिहीबार राष्ट्रियसभाबाट पनि विधेयक पारित भएको छ । अब राष्ट्रियसभामा पारित भएको सन्देशसहित विधेयक प्रतिनिधिसभामा पठाउँछ ।

प्रतिनिधिसभामा विधेयक राष्ट्रियसभाबाट पारित भएको सन्देश बाचन गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर राष्ट्रपति कार्यालयमा पठाउने छन् ।

खाणको प्रयासमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले पनि भरपुर मात्रामा सहयोग गरेका थिए । विधेयकले अहिले देखिएको नागरिकता समस्यालाई मूलरूपमा सम्बोधन गर्नेछ ।

आमाबाबु नेपाली नागरिक हुँदाहुँदै पनि नागरिकता नपाएर सरकारबाट पाउने सेवा सुविधा लिन बञ्चित भएका लाखौँ युवाले नागरिकता पाउनेछन् ।

ती युवालाई नागरिकता प्रदान गर्न विधेयकले सहयोग पुर्‍याउने अपेक्षा सरकारको छ ।

नागरिकता विधेयक पास गराउन प्रमुख विपक्षी दल एमालेले पनि सहयोग गरेको छ । खाणले यसअघि नै ओलीसँग कुरा गरेर विधेयकमा सहमति जुटाएका थिए । सोही कारण दुबै सदनमा एमालेले सामान्य छलफलमा सहभागी हुन बाहेक कुनै पनि बखेडा गरेन ।

Published : Thursday, 2022 July 28, 11:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया