६० जना एसपीहरूको सरुवा र पदस्थापना, ज्वाइँ’साबलाई अन्तर्राष्ट्रिय विमानस्थल, को कहाँ पुगे ?

काठमाडौं । नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा भएको छ ।

साउन १२ गतेको निर्णयानुसार प्रहरी हेडक्वाटरले २४ जना एसपीहरूको सरुवा गरेको हो ।

अजय केसीको जिल्ला प्रहरी कार्यालय कास्की, अनुपमशम्शेर जबराको ईन्टरपोल शाखा, ऋषिराम कँडेलको जिल्ला प्रहरी कार्यालय नवलपरासी, कमल थापाको सीआईवी, कृष्ण प्रसाइँको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा महाशाखा, गंगा पन्तको काठमाडौं उपत्यका प्रहरी कन्ट्रोल रानीपोखरी, जनार्दन जिसी, तारादेवी थापाको काठमाडौं उपत्यका प्रहरी शिक्षालय, दीपेन्द्र शाहीको कार्य विभाग नक्साल, दिलिप घिमिरेको काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नं. २, प्रजित केसीको जिल्ला प्रहरी कार्यालय भक्तपुरमा सुरुवा भएको छ ।

प्रवीण पोखरेलको जिल्ला प्रहरी कार्यालय सर्लाही, प्रेमबहादुर बस्नेतको जिल्ला प्रहरी कार्यालय कपिलवस्तु, बामदेव गौतमको जिल्ला प्रहरी कार्यालय मकवानपुर, विश्व अधिकारीको यूएन शाखा, वीरबहादुर बुढा मगरको जिल्ला प्रहरी कार्यालय रौटहट, रमेश थापाको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, राजेन्द्रप्रसाद धमलाको जिल्ला प्रहरी कार्यालय डोटी, रामेश्वर यादवको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र बेलबहादुर पाण्डेको प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखा नक्सालमा सरुवा भएको छ ।

मकवानपुरको प्रहरी प्रमुखको जिम्मेवारी पाएका एसपी बामदेव गौतम राष्ट्रिय सभाका सांसद एवम् पूर्वमन्त्री बामदेव गौतमका भतिजा हुन् । बामदेवले पनि ठूलै पावर लगाएर मकवानपुरको प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन् ।

यसैबीच, प्रहरी मुख्यालयले डीएसपीबाट एसपीमा बढुवा भएकाहरूको पनि पदस्थापना गरेको छ ।

देवेन्द्रबहादुर पालको काठमाडौं उपत्यका प्रहरी कार्यालय शान्ति सुरक्षा, सीताराम रिजालको काठमाडौं उपत्यका प्रहरी कार्यालय ईन्टेलिजेन्स शाखा, भीमकिरण बोगटको प्रहरी सुरक्षा गण महेन्द्रनगर, सुमनकुमार तिमिल्सिनाको मधेश प्रदेश प्रहरी कार्यालय मानवश्रोत जनकपुर, सरोज पौडेलको अन्वेषण योजना तथा विकास निर्देशनालय र विष्णुहरि कोइरालाको तालिम शाखा रानीपोखरीमा पदस्थापना भएको छ ।

भाग्येन्द्रपुरुष ढकालको साइबर व्यूरो, नरहरि रेग्मीको मावन बेचविखन, रंजितसिंह राठौरको विशेष सुरक्षा गण रातमाटे, नेत्रमणि गिरीको सर्वोच्च अदालत र विशेष अदालत समन्वय ईकाइ, अवदेश विष्ट क्षेत्रीको उपत्यका ट्राफिक प्रहरी, हेरम्ब शर्माको केन्द्रीय विशेष कार्यदलमा पदस्थापना भएको छ ।

विनोद शर्माको सुरक्षा गण दुहबी, मित्रबन्धु शर्माको विशेष सुरक्षा गण बाँके, रामबहादुर केसीको भैरहवा विमानस्थल, नरेन्द्रकुमार कार्कीको प्रदेश कार्यालय अपराध अनुसन्धान शाखा धरान, खड्कबहादुर खत्रीको लुम्बनी प्रदेश आर्थिक प्रशासन, सञ्जयबहादुर राउतको अपराध अनुसन्धान शाखा बनेपा, र विश्वराज खड्काको अन्तर्राष्ट्रिय विमानस्थलमा पदस्थापना भएको छ ।

डीएसपीबाट एसपीमा बढुवा भएका विश्वराज खड्का नेपाली कांग्रेसकी केन्द्रीय सदस्य ईश्वरी न्यौपानका छोरीज्वाइँ हुन् ।

सासुको पावर लगाएर यसअघि खड्काले दरबारमार्ग प्रहरीको प्रमुखको जिम्मेवारी सम्हालेका थिए । खड्काले दरबारमार्गमा रहँदा प्लाटिनम क्लवको लफडालाई सम्हाल्न सकेका थिएनन् । बालुवाटारको पावर लगाएर बढुवा खाएका छन् । पदस्थापना पनि आकर्षक ठाउँमा पाएका छन् । खड्काले ईञ्जार्च माग गर्दै आएका छन् । खड्कालाई केही दिनपछि काजमा भए पनि ईञ्चार्ज बनाउन सासु न्यौपानेले बालुवाटारमा दवाव दिएको स्रोतको भनाइ छ ।

बालननरसिंह राणाको विपद व्यवस्थापन कार्यालय सामाखुसी, टेकुनन्द ईवा लिम्बुको ट्राफिक कार्यालय रामनगर, कोमल शाहको पहरा गण सामाखुसी, नरेशराज सुवेदीको तालिम प्रतिष्ठान महाराजगञ्ज, भरतबहादुर बिकको बागमती प्रदेश हेटौँडा, सुधिरराज शाहीको जिल्ला प्रहरी कार्यालय ललितपुर, विपिन रेग्मीको प्रधान कार्यालयको प्रवन्ध शाखा, नवरत्न पौडेलको मावश्रोत महाशाखा दाङ, योगन्द्रकुमार खड्काको लागुऔषध काठमाडौं, काजकुमार आचार्यको अंगरक्षक गण नक्साल र अनुप श्रेष्ठको अपराध विभागमा पदस्थापना भएको छ ।

दुर्गाराज रेग्मीको काठमाडौं उपत्यका अपराध, गजुसिद्धि बज्राचार्यको कानून शाखा नक्साल, माधवप्रसाद बुढाथोकीको अपराध शाखा भैरहवा, गौतम मिश्रको बागमती प्रदेश प्रहरी आर्थिक प्रशासन, नवलकिशोर प्रधानको अपराध शाखा महेन्द्रगर र मोहनकुमार थापाको अख्तियारमा पदस्थापना भएको छ ।

Published : Thursday, 2022 July 28, 9:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया