वीपी कांग्रेसको उप–सभापतिमा कर्ण र महामन्त्रीमा हेमन्त मनोनीत

काठमाडौं । नेपाली कांग्रेस (वीपी)को उप–सभापतिमा कर्णबहादुर मल्ल र महामन्त्रीमा हेमन्तबहादुर मल्ल मनोनीत भएका छन् ।

वीपी कांग्रेसका सभापति सुशीलमान शेरचनले कर्णलाई उप–सभापति र हेमन्तलाई महामन्त्रीमा मनोनीत गरेका हुन् ।

उनीहरू दुबै जनाले नेपाली कांग्रेस छाडेरका थिए । कर्णबहादुर मल्ल डडेल्धुरा जिल्ला निवासी हुन् । हेमन्तबहादुर मल्ल दाङ जिल्लाका हुन् ।

केन्द्रीय सदस्यमा करुणकर भट्ट, हरिप्रसाद भट्ट, तहरीसिंह बोहरा, पुष्कल पन्त, विश्वकान्त अधिकारी, सुन्दरसिंह मेयर बोहरा, लक्ष्मीप्रसाद कोइराला, टिकिन्द्र कार्की मनोनीत भएका छन् ।

केन्द्रीय सदस्य मनोनीत हुनेमा ईश्वर देवकोटा, कौशला चौधरी, मुना थापा, राम तामाङ, पंकज अधिकारी, रामचन्द्र गौतम, बद्री फैजु र कृष्णबहादुर पोखरेल पनि रहेका छन् ।

वीपी कांग्रेसले केन्द्र सरकारबाट हालै प्रस्तुत नागरिकता विधेयक अविलम्ब खारेज गर्न माग गरेको छ ।

बढ्दो महँगीलाई अविलम्ब नियन्त्रण गरि जीविकोपार्जनलाई सरल बनाउन पनि माग गरिएको प्रवक्ता शिवप्रसाद सिमखडाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Published : Wednesday, 2022 July 27, 11:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया