देउवाले प्रमाणित गरेर देखाइदिए, ओली–पोखरेल छक्कै परे, एमालेको झुठको पोल खुल्यो

काठमाडौं । नेपाली कांग्रेस लोकप्रिय मतसहित पहिलो पार्टी बनेको छ ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस लोकप्रिय र ठूलो पार्टी भएको बताए ।

वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा कांग्रेसले लोकप्रिय मत पाएको प्रमुख आयुक्त थपलियाले बताए । उनले नेपाली कांग्रेस पहिलो दल भएको बताएका छन् ।

एमाले दोस्रो स्थानमा रहेको छ । कांग्रेसले एमालेले भन्दा एक लाख ४४ हजार ५९१ मत बढी ल्याएको छ ।

आयोगले वडाध्यक्षले प्राप्त गरेको मतको आधारमा दलहरूको लोकप्रिय मतको गणना गरेको छ ।

कांग्रेसले ३९ लाख ५६ हजार १९३ मत पाएको छ । एमालेले ३८ लाख ११ हजार ६०२ मत पाएको छ ।

कांग्रेसले पाएको मत ३४.२८ प्रतिशत रहेको छ । एमाालेले पाएको मत ३३.०३ प्रतिशत हो ।

माओवादी केन्द्रले १५ लाख तीन हजार २४७ मत पाएको छ । जनता समाजवादी पार्टीले पाँच लाख ७७ हजार ३८०, नेकपा

(एकीकृत समाजवादी)ले चार लाख २२ हजार ७३७ मत पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख ६४ हजार १६० मत पाएको छ ।

माओवादी केन्द्र १३.०३, जसपाले ५, एकीकृत समाजवादीले ३.६६ र राप्रपाले ३.१६ प्रतिशत मत पाएका आयोगले जनाएको छ ।

एमालेले आफूले कांग्रेसले भन्दा धेरै मत पाएको भन्दै झुठको खेती गरेर आफ्ना कार्यकर्ता र जनतालाई झुक्काउँदै आएको थियो ।

निर्वाचन आयोगले वास्तविक तथ्याङ्क सार्वजनिक गर्दै कांग्रेसले लोकप्रिय मत पाएको जनाएपछि एमालेका नेताहरू जिल परेका छन् ।

कांग्रेसको लोकप्रियताबाट बालकोटमा बसेका एमालेका अध्यक्ष खड्गप्रसाद ओली र कोटेश्वरमा रहेका महासचिव शंकर पोखरेललाई तनाब भएको छ ।

कांग्रेसका सभापति समेत प्रधानमन्त्री शेरबहादुर देउवाको दुरदर्शिता र असल रणनीतिले कांग्रेस स्थानीय तहको निर्वाचनमा ठूलो र लोकप्रिय पार्टी बनेको छ ।

देउवा धेरै बोल्दैनन् । तर, असल काम गर्छन् । देउवाले राम्रो काम गरेकै कारण आलोचकहरू पनि छन् । ती आलोचकहरूले देउवालाई आफ्नो सबैभन्दा ठूलो दुश्मन मान्छन् । देउवाले आलोचना र समर्थनलाई आत्मसात गरेर अगाडि बढ्ने गरेका छन् ।

Published : Wednesday, 2022 July 27, 12:24 am

फेसबुकबाट तपाईको प्रतिक्रिया