सिंहदरबारकै सीसीटिभीको भिडियो गायब भएपछि गृहले दियो कडा निर्देशन

काठमाडौं । गृह मन्त्रालयले आफ्नो कार्यालयमा भएको सीसीटिभी फूटेज तीन महिनासम्म अनिवार्य सुरक्षित राख्न मन्त्रालय, आयोग, सचिवालय, प्रतिष्ठान, बोर्ड र कार्यालयलाई निर्देशन दिएको छ ।

गृह सचिवस्तरको निर्णय गरी सबै कार्यालयलाई मंगलबार तीन महिनासम्म अनिवार्य सीसीटिभी फूटेज सुरक्षित राख्न निर्देशन भएको हो ।

मन्त्रालयले तीन महिनासम्म गृहको सीसीटिभी फूटेज सीसीटिभी फूटेज सुरक्षित रहने पनि स्पष्ट पारेको छ ।

मन्त्रालयले सिंहदरबार क्षेत्रको सीसीटिभी व्यवस्थापन सहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय सचिवालयले व्यवस्थापन गर्ने जनाएको छ ।

सिंहदरबारभित्रको सीसीटिभीको निरीक्षण/अनुगमन नेपाल प्रहरीको सिंहदरबारभित्र रहेको ‘सिंहदरबार सुरक्षा गण’ले गर्ने पनि मन्त्रालयले प्रष्ट पारेको छ ।

अर्थ मन्त्रालयको सीसीटिभीको भिडियो डिलिट भएको प्रकरणमा संसदीय समितिमा बबण्ड मच्चिएका बेला गृह मन्त्रालयले तीन महिनासम्म सीसीटिभीको भिडियो सुरक्षित राख्न आदेश दिएको छ ।

गृहमन्त्री बालकृष्ण खाणले नै सिंहदरबारसहित मुलुकभरिका महत्वपूर्ण निकायका सीसीटिभी भिडियोका विषयमा चासो राख्दै सुरक्षित राख्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

Published : Tuesday, 2022 July 26, 5:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया