कृष्णबहादुर महरालाई फसाउने रोशनी शाहीले अर्को बबाल गरेपछि पक्राउ

काठमाडौं । माओवादी केन्द्रका नेता कृष्णबहादुर महराको तत्कालीन समयमा सभामुख पद खाइदिएकी रोशनी शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको पशुपतिबाट शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

शाहीले पशुपतिमा आयोजित अतिरुद्र महायज्ञमा हो–हल्ला गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको जनाएको छ ।

शाहीले तत्कालीन सभामुख महराविरुद्ध बलात्कार आरोप लगाएकी थिइन् । बलात्कार आरोप लागेपछि महराको सभामुख पद फुत्किनुका साथै केही महिना पुर्पक्षका लागि थुनिएका थिए । पछि अदालतबाट महराले सफाइ पाएका थिए ।

शाहीले मंगलबार पशुपतिनाथ परिसरमा पुगेर सिद्धबाबाविरुद्ध नाराबाजी गरेकी थिइन् ।

सिद्धबाबा भनिने कृष्ण गिरी बलात्कार आरोपी रहेको र उनबाट आयोजित महायज्ञको विरोध शाहीले विरोध गरेकी थिइन् ।

शाहीलाई प्रहरी वृत्त गौशालामा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

महायज्ञका प्रमुख वाचक गिरीविरुद्ध अहिले जिल्ला अदालत सुनसरीमा चलिरहेको मुद्दा विचाराधीन छ ।

गिरीविरुद्ध अनुयायीले बलात्कार अभियोग लगाएपछि जिल्ला अदालत सुनसरीमा मुद्दा चलाइएको थियो ।

गिरीलाई सुनसरी अदालतले सफाइ दिएको थियो । त्यसलाई लिएर जिल्ला सरकारी वकिलको कार्यालयले उच्च अदालत विराटनगरमा अपील दर्ता गराएको छ ।

उच्चले फेरि मिसिल अध्ययन गरेर आवश्यक निर्णय लिन जिल्ला अदालत सुनसरीका नाममा आदेश दिएको थियो ।

Published : Tuesday, 2022 July 26, 4:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया