दाङ कांग्रेस चेनअफ कमाण्ड बाहिर जान थाल्यो, अनुशासनहीन हुन थाले ‘कुखुरे’ नेताहरू

घोराही । दाङको घोराही उप–महानगरपालिका वडा नम्बर १७ चौघेराको खानेपानी तथा सरसफाई संस्थाको निर्वाचनमा नेपाली कांग्रेस विभाजित बनेको छ ।

सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला समूहबीच केन्द्रमा देखिएको मतभेदको रेखा दाङसम्म आइपुगेको छ । चेनअफ कमाण्ड भत्किन थालेको चर्चा हुन थालेको छ ।

राजनीतिमा मिल्ने र सहमति हुनै नसक्ने विषय हुँदैन । विवादले व्यक्तिगत तहमा इगो बनाउँदा त्यसले कांग्रेसलाई नोक्सान बनाउँछ ।

घोराही उप–महानगरपालिका–१७ को खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचनमा कांग्रेसका नेताद्वय राजुलाल शर्मा र हरि सुवेदीको इगोले विवाद सतहभन्दा बाहिर आएको छ । यसको असर दाङ कांग्रेसभित्र नराम्रोसँग बिषजस्तै गरेर फैलिन थालेको छ ।

शनिबार कांग्रेस नेता शेखर कोइराला समूहका हरि सुवेदी एमालेसँग मिलेर प्रतिस्पर्धा गरेर निर्वाचित भएका छन् ।

सभापति शेरबहादुर देउवा समूहबाट राजुलाल शर्मा ५ दलीय गठबन्धनको मर्मअनुसार माओवादी केन्द्रसँग मिलेर प्रतिस्पर्धामा उत्रिएका थिए । शर्माको समूह पराजित भएको छ । शेखर समूह र एमालेबीचको संयुक्त प्यानल विजयी भएको छ ।

वडा सदस्य जित्न नसक्ने शेखर समूहका कुखुरे नेताहरूका कारण कांग्रेसभित्र खेलेर एमालेले कांग्रेसलाई दुई चिरा बनाएको छ ।

शेखर समूहलाई एमालेले बोकेर सुवेदीलाई अध्यक्षमा जिताएको छ । एमालेले गाउँ टोलमै शेखर समूहलाई उचालेर कांग्रेसलाई फुटाइदिएको छ ।

माओवादीसँगको गठबन्धनमा कांग्रेसकै नेता राजुलाल शर्मा अध्यक्षमा उम्मेदवार बनेका थिए । शर्मा अघिल्लो पटक पनि अध्यक्ष थिए ।

कांग्रेसले जित्यो कि हार्‍यो भन्ने कुरा छैन । कांग्रेस मिल्न नसक्दा एमाले शेखर समूहलाई उचालेर आफ्नो स्वार्थ पूरा गर्न सफल भयो भन्ने सवाल उठेको छ ।

कांग्रेसको वडा, नगर, क्षेत्र र जिल्ला नेतृत्वले हस्तक्षेप गरेर हरि सुवेदी र राजुलाल शर्माको ठाउँमा अर्को साझा उम्मेदवार बनाएर भए पनि जिताउने हिम्मत गर्नुपर्ने थियो । त्यो हुन सकेन । शर्मा र अधिकारीभन्दा राम्रा व्यक्ति पनि थिए । युवाहरूलाई नेतृत्व दिएको भए पनि हुने थियो ।

घोराही– १५ को विवाद मिल्न सक्ने । घोराही–१७ को विवाद मिल्नै नसक्ने यस्तो हुन सक्दैन ।

घोराही उप–महानगरपालिका– १७ का कांग्रेसका वडा सभापति बुझाउन चौधरीले आफूले टिकटमा मिलाएर चुनाव लड्न आग्रह गर्दा पनि दुबै पक्षले नमानेको प्रतिक्रिया दिएका छन् ।

‘मैले त मिल्न भनेको हुँ । उहाँहरूको व्यक्तिगत कारणले मिल्न सक्नुभएन’, चौधरीले भने, ‘नगर कार्यसमिति, क्षेत्र र जिल्लाले हस्तक्षेप गरेर भए पनि मिलाउनुपर्ने थियो । कसैले पनि ध्यान दिनुभएन ।’

शर्मालाई राप्रपाले समर्थन गरेको थियो । सुवेदीलाई नेश्नल मङ्गोल पार्टीले सहयोग गरेको थियो ।

Published : Sunday, 2022 July 24, 1:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया