हेटौँडामा देउवाले खोले कुरा, राजनीतिमा उथलपुथल ल्याइदिए
हेटौँडा । प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमै प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको मिति तोकिने बताएका छन् ।
शुक्रबार हेटौंडामा नेपाल प्रेस युनियनको ९औं महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले चुनावको मिति घोषणा गर्ने तयारीमा सरकार रहेको बताए ।
प्रधानमन्त्री देउवाले चुनावको कुरा गरेपछि राष्ट्रिय राजनीति तात्तिएको छ । प्रतिनिधि सभा र प्रदेश सभाको मिति घोषणा कहिले हुन्छ भनेर चासो भइरहेका बेला देउवाले चुनावको मिति छिटोभन्दा छिटो घोषणा गर्ने उल्लेख गरेका छन् ।
देउवाले पछिल्लो समय नियोजित रूपमै लाञ्छना लगाउने क्रम बढेको भन्दै निष्पक्ष पत्रकारिताले मात्रै मुलुक र लोकतन्त्रलाई बलियो बनाउने बताएका छन् ।
कोरोनाकालमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको उनले बताएका छन् ।
सभापति देउवाले निष्पक्ष पत्रकारितामा जोड दिएका छन् ।
उनले कांग्रेस लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताप्रति सदैव प्रतिबद्ध रहेको बताएका छन् ।
महाधिवेशनमा प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवा, उप–सभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्मा, प्रवक्ता डा.प्रकाशशरण महत, सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, बद्री पाण्डे केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की, रामहरि खतिवडा, नेपाली कांग्रेस बागमतीका सभापति एवम् संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ लगायतको आतिथ्यता रहेको थियो ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया