एमालेका भीम रावलले गरेको निच हर्कतले पूरै मुलुक हल्लियो, ओलीको शिर झुक्यो

काठमाडौं । एमालेका सांसद एवम् नेता भीमबहादुर रावलले आफ्नो पदीय मर्यादा र संसदीय पद्दतिविरुद्धको हर्कत गरेर मुलुकलाई लज्जित बनाएका छन् ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा एमालेका सांसद रावलले विषयान्तर कुरा गरेर रोष्टम कब्जा गरेपछि सबै सांसद चकित परेका हुन् । नेपालको संसदीय ईतिहाँसमा रोष्टम कुनै पनि सांसदले कब्जा गरेका थिएनन् ।

नेपाली कांग्रेसका सांसद दीव्य राजभण्डारी रोष्टममा पुगेर बोल्नका लागि पालो कुरेर कुर्सीमा बसेका थिए । रावलले रोष्टम नछाडेपछि उनले बोल्न पाएनन् ।

रावल पूर्व उप–प्रधानमन्त्री एवं गृहमन्त्री, पूर्वपरराष्ट्र मन्त्री समेत हुन् । रावले आफ्नो पदीय मर्यादा भुलेर हर्कत गरेका छन् । उनको यो हर्कतको देशभरि विरोध भइरहेको छ ।

अमेरिकाको स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)मा सहभागी नहुने सरकारको निर्णयानुसार अमेरिकालाई पत्र नपठाएको भनी रावलले सभामुखसमक्ष रुलिङका लागि आग्रह गरेका थिए ।

रुलिङ नगरेसम्म रोष्ट्रम नछोड्ने रावलको अडान तोड्न सभामुख अग्निप्रसाद सापकोटाले पटक–पटक आफ्नो ध्यानाकर्षण भएको बताएका थिए । तैपनि रावलले मानेनन् ।

सभामुख सापकोटाभन्दा अगाडि सभामुखको काम गरिरहेकी सांसद सत्या पहाडीले मन्त्रीलाई जवाफ दिन लगाउने बताएकी थिइन् । एमालेका सांसद रावलले नमानेर अटेर गरिरहे ।

सभामुखले आसन ग्रहण गर्नका लागि आदेश नै दिएका थिए । २० मिनेटसम्म रावल रोष्ट्रममा उभिइरहेपछि सभामुख सापकोटाले प्रतिनिधिसभाको बैठक स्थगित गरिदिएका थिए ।

एमालेका संसदीय दलका उप–नेता सुवास नेम्वाङले सांसद रावलको हर्कतको समर्थन गरेर बचाउ गरेका छन् । संसद जनप्रतिनिधिहरूको थलो भएको र जनप्रतनिधिको थलोलाई जनताको हितका लागि, जनताको जानकारीका लागि उपयोग गर्दा रोष्ट्रम नछोडेर दबाव दिनुलाई अन्यथा लिन नहुने बताएका छन् ।

रावलले गरेको निच हर्कतको सबैले विरोध गरिरहेका छन् । रावल एमालेभित्र आलोचित पात्र हुन् । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई हायल–कायल बनाएर बसेका रावलका अटेरी कार्यले दिक्क बनाएको छ ।

एमालेका सांसद रावलले आफ्नो मनमा लागेको कुरा जिद्दी गरेर गर्छन् । कथित राष्ट्रवादको भूत चढेका कारण रावललाई नोक्सानी भइरहेको छ ।

नेपाली कांग्रेस नेतृत्वको सरकारले एसपीपी सम्झौता अमेरिकासँग नगर्ने निर्णय गरिसकेको छ । सरकारले कुटनैतिक पहलमार्फत सो कुरा जानकारी गराएको छ । रावलले सो विषयलाई जथाभावी विवाद र राजनीतिक रंग दिएर अमेरिका–नेपालको सम्बन्ध बिगार्ने प्रयास गरेका छन् ।

रोष्ट्रम कब्जा गर्ने कुराको जानकारी सांसद रावलले आफ्नो दल एमालेका सांसदीय दलका नेता एवम् पार्टी अध्यक्ष खड्गप्रसाद ओली र उप–नेता नेम्वाङलाई दिएका थिएनन् ।

Published : Thursday, 2022 July 21, 1:03 am

फेसबुकबाट तपाईको प्रतिक्रिया