एक महिना नहुँदै मन्त्री यादवले वन मन्त्रालयमा विरलै हुने रमिता देखाए

काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादवले उप–स्वकीय सचिवमा २ जना नियुक्त गरेका छन् ।

मन्त्री यादवले निखिल वरर्नवाल र घनश्यामबाबु गुप्तालाई उप–स्वकीय सचिव पदमा नियुक्त गरेका हुन् । मन्त्री यादवले वरर्नवाल र गुप्तालाई एउटै पदमा नियुक्ति गरेर जगत हँसाएका छन् । मन्त्रीले एउटा उप–स्वकीय सचिव पदमा दुई जनालाई नियुक्त गरेको यो घटनाले आश्चर्य बनाएको छ ।

असार २० गतेदेखि तलव भत्ता लगायत नियमानुसार सुविधा पाउने गरी मन्त्री यादवको सचिवालयमा वरर्नवाल र गुप्ता उप–स्वकीय सचिव पदमा नियुक्त गरिएको नियुक्ति पत्रमा उल्लेख छ ।

जनता समाजवादी पार्टी, नेपाल (जसपा)का नेता यादवले जिम्मेवारी सम्हालेको एक महिना पुगेको छैन । एक महिना नपुग्दै यादवले मन्त्रालयमा रमिता देखाउन थालिसकेका छन् ।

मन्त्री बन्न नपाएपछि करीव ८ महिना अगाडि उत्पात मच्चाएका यादवले मन्त्रालयमा कार्यकर्ताहरू भर्ती गरेर रमिता देखाउन लागेको आरोप लागेको छ ।

मन्त्री यादवसँग यस विषयमा प्रतिक्रिया लिन सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

Published : Wednesday, 2022 July 20, 5:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया