बालकृष्ण–पुष्पाले छाडेको पदमा देउवाद्वारा यादव र विश्वकर्मालाई नियुक्त

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलमा प्रमुख सचेतक र सचेतकमा दुई सांसदलाई नियुक्त गरिएको छ ।

सभापति तथा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादवलाई नियुक्त गरेका हुन् ।

सचेतकमा मीनबहादुर विश्वकर्मालाई देउवाले नियुक्त गरेका छन् ।

यसअघि प्रमुख सचेतक बालकृष्ण खाण रहेका थिए । खाण गृहमन्त्री भएपछि सो पद रिक्त थियो ।

सचेतक पुष्पा भुसाल थिइन् । भुसाल उप–सभामुख निर्वाचित भएपछि सो पद रिक्त थियो ।

देउवाले बुधबार प्रमुख सचेतकमा यादव र सचेतकमा विश्वकर्मालाई नियुक्त गरेर पूर्णता दिएका छन् ।

Published : Wednesday, 2022 July 20, 12:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया