चीनले बल्ला थाहा पायो कांग्रेस र देउवाको शक्ति, कम्युनिस्टको विश्वास नलागेर पठायो विशेष दूत

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओले भेट गरेका छन् ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा देउवासँग लिउले भेट गरेका हुन् ।

लिउको प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवासँग भेट गर्न सिधै बालुवाटार गएको थियो । लिउको प्रतिनिधिमण्डल काठमाडौंमा चार दिन रहनेछ । लिउ आइतबार बिहान काठमाडौं ओर्लिएका हुन् ।

देउवा र लिउबीच नेपाल–चीन द्विपक्षीय सम्बन्ध, चिनियाँ राष्ट्रपतिको सन्देशबारे छलफल भएको बताइएको छ ।

नेपालमा चीनले आफ्नो राजनीतिक हस्तक्षेपलाई बढाउने प्रयास गरिरहेका बेला लिउ काठमाडौंमा आएका छन् ।

एमाले, माओवादी केन्द्रसहितका साना कम्युनिस्ट पार्टीप्रति धेरै विश्वास गरेको चीनले पछिल्लो समय नेपाली कांग्रेसका नेताहरूसँग पनि निकटता बढाउन खोजेको छ । चीनले कांग्रेसको पावर देखेर लिउलाई प्रधानमनत्री देउवासँग भेट्न पठाएको छ ।
एमालेले एमसीसी, एसपीपी लगायतका आयोजना अगाडि बढाएको थियो । चीनले विश्वास गरेकै कम्युनिस्ट नेता र सरकारहरूले नै चीनको इच्छा विपरितका कार्य गरेपछि बेइजिङ झस्किएको छ ।

तैपनि चीनले चेतेको छैन । अहिले पनि चीनले कम्युनिस्टहरूलाई गठबन्धन वा मिलेर निर्वाचनमा प्रतिस्पर्धा गर्न दवाव दिइरहेको छ ।

Published : Sunday, 2022 July 10, 5:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया