गठबन्धनभित्रको विवादबारे के भन्छन् प्रधानमन्त्री देउवा ?

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनभित्र समस्या उत्पन्न हुनुलाई सामान्य रुपमा लिन आग्रह गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले आफ्नो पार्टी मिलाउनुपर्नेमा गठबन्धन मिलाउनुपर्ने चुनौती रहेको बताएका हुन् ।

देउवाले भने, ‘एउटै पार्टीमा त समस्या हुन्छ भने गठबन्धनमा समस्या हुन्छ नै । यसलाई सबैले सामान्य रुपमा लिनुपर्छ । पछि सभापति भएपछि थाहा पाउनुहुनेछ ।’

‘आफ्नो पार्टी मिलाउनुपर्नेमा गठबन्धन मिलाउनुपर्ने अवस्था छ’, देउवाले भने, ‘साथीहरुले यसलाई बुझ्नुपर्छ ।’

उपसभापति धनराज गुरुङले गठबन्धनका दलहरुभित्र आपसी झगडा सुरु भएको बताएपछि देउवाले जवाफ दिएका हुन् ।

Published : Tuesday, 2022 July 5, 11:10 am

फेसबुकबाट तपाईको प्रतिक्रिया