यस कारण एसएसपीमा बढुवा हुन ढिलाइ हुने, पालो मिच्न जुनियरहरुको ठूलो दवाव

काठमाडौं । नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी)हरुको वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवामा ढिला हुने भएको छ ।

बढुवा गर्ने समय नजिएका बेला विभिन्न स्वार्थ समूहले ठूलो दवाव दिएर आफू अनुकूलको निर्णय गराउने हर्कत गरेपछि एसएसपी बढुवा केही पछाडि धकेलिने पक्का भएको हो ।

जुनियर एसपीहरुले एसएसपीमा बढुवा गर्दा वरिष्ठतालाई भन्दा पनि कार्यक्षमतालाई आधार बनाएर बढुवा गर्न चर्को दवाव दिएको स्रोतले जनाएको छ ।

राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा आएका एसपीहरु वरिष्ठ हुँदाहुँदै उनीहरुसहितकालाई रोक्न जुनियर एसपीहरु लागेको स्रोतको भनाइ छ । जुनियर एसपीहरुले आफूहरु बढुवामा पर्न र वरिष्ठलाई रोक्न वरिष्ठतालाई भन्दा पनि कार्यक्षमताका आधारमा बढुवाको लागि दवाव दिएपछि एसएसपी बढुवामा ढिलाइ हुने पक्का भएको हो ।

स्रोतका अनुसार बालुवाटार, गृह मन्त्रालय र प्रहरी मुख्यालयमा एसपीबाट एसएसपीमा बढुवा हुन जुनियर एसपीहरुको ठूलो दवाव रहेको उच्च स्रोतले जनाएको छ ।

गृहमन्त्री बालकृष्ण खाणले प्रहरी नियमावली, वरिष्ठता र कार्यसम्पादन सबै पक्षलाई मूल्यांकन गरेर बढुवा गर्ने पक्षमा रहेका छन् ।

खाणले अहिलेसम्म गरेका प्रहरीहरुको बढुवामा नियमावली, वरिष्ठता र कार्यसम्पादनलाई ध्यानमा राखेर निर्णय गर्दै आएका हुन् । सोही कारण गृहमन्त्री खाण विवादमा परेका छैनन् ।

नेपाल प्रहरीका ३२ जना एसपीहरुको एसएसपीमा बढुवा गर्नुपर्ने छ । बढुवा गर्ने एसपीहरुको संख्या थोरै छ ।

बढुवा हुन चाहने अर्को लटका एसपीहरुले चलखेल गरेपछि तनावको अवस्था सिर्जना भएको छ ।

जुनियर एसपीहरुले पालो मिचेर अगाडि जान खोजेपछि सिनियर एसपीहरु एसएसपीमा उक्लिन समस्या हुने हो कि भन्ने आशंका उठेको छ ।

Published : Monday, 2022 July 4, 2:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया