गरिव जनताको काल बने बालेन्द्र, धनपति सापकोटाहरूको आतंकले जनता आजित

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले फुटपाथमा पसल गरेर दैनिक गुजारा गर्नेहरूप्रति कठोर बनेका छन् ।

मेयर साहसँग दैनिक गुजारा गरेर खाने वर्गले सहयोगको ठूलो अपेक्षा लिएका छन् । साहले मकै पोलेर बेच्नेहरूलाई दुःख दिएका छन् । फुटपाथमा नाङ्लोमा पसल गरेर गुजारा गरेका व्यक्तिहरूलाई महानगरले दुःख दिएको छ ।

फुटपाथमा पसल गर्नेहरूलाई व्यवस्थित गर्ने, रोजगारी सिर्जना गर्ने काम महानगरपालिका र मेयरको दायित्व पनि हो । तर, ती गरिव जनतालाई दुःख दिएर साहले के गर्न खोजेका हुन् ? प्रश्न उठेको छ ।

मेयर साहलाई आफ्नो महानगरपालिकाका कर्मचारीहरूको भ्रष्ट आचरणका बारेमा जानकारी नै होला । महानगरमा काम गर्दा कर्मचारीले घुस खाएर मात्रै काम गर्ने गरेको आरोप छ ।

महाराजगञ्ज र बालुवाटार क्षेत्रका फुटपाथमा मकै बेच्ने चेतेन्द्र आचार्य र सीता आचार्यको दम्पतीमाथि थप कारवाही गर्ने भनेर मेयर साह कसका मेयर हुन् भन्ने कुरा पुष्टि भएको छ ।

नगरप्रहरीको कारवाही गर्दा प्रतिवाद गरेको भन्दै दम्पतीलाई थप कारवाही गर्न लागिएको महानगरपालिकाले जनाएको छ ।

मकै बेच्दै गर्दा शुक्रबार काठमाडौं महानगरपालिकाको नगर प्रहरीले लछारपछार गर्दै ठेला लगेको भिडियोले सामाजिक सञ्जालमा अहिले चर्चा पाएको छ ।

उनीहरूले नगर प्रहरीले घुस मागेको आरोप लगाएपछि महानगरपालिकाले यसअघि सीता आचार्यले नगर प्रहरीमाथि गरेको व्यवहारलाई कारण देखाएर थप कारवाही गर्न लागेको छ ।

महानगर प्रहरी प्रमुख धनपति सापकोटाका अनुसार ड्युटीमा रहेको नगर प्रहरीलाई अगुल्टो हानेको र हातापात गरेकले थप कारवाही गर्न प्रक्रिया सुरु भएको छ । घुस माग्न गएका नगर प्रहरीलाई बुधबार अगुल्टोले हानेको आचार्य दम्पतीले पनि स्वीकारेका छन् ।

नगर प्रहरी प्रमुख धनपति सापकोटा कुन हैसियतका कर्मचारी हुन् काठमाडौं महानगरबासीलाई राम्रोसँग जानकारी छ । विगत १५/२० वर्षदेखि महानगरपालिकामा सुरक्षाकर्मीको जिम्मेवारी सम्हाल्दै आएका सापकोटासँग लाखौँ जनता आजित छन् ।

धनपति सापकोटाको सम्पत्तिका विषयमा खोजविन हुनुपर्ने माग पनि उठेका छन् । सापकोटा निकै विवादित र भ्रष्ट आचरणको कर्मचारीका रुपमा महानगरपालिकाभित्र परिचित छन् ।

सापकोटाले अहँकारपूर्ण अभिव्यक्ति दिने गरेका छन् । एउटा अनलाईनलाई दिएको प्रतिक्रियामा सापकोटाले भनेका छन्, ‘सरकारी कर्मचारीलाई दोबाटोमा हातपात भएको छ, कारबाही नगरेर नमस्कार गर्नु त ? आवश्यक कारवाही हुन्छ । प्रक्रिया सुरु भइसकेको छ । कारबाही के हुन्छ भन्ने विषयमा भएपछि मात्रै भनौंला ।’

नगर प्रहरीका सब इन्स्पेक्टर (सई) राजन श्रेष्ठमाथि दम्पतीले ५ हजार रुपियाँ घुस मागेको भनेर लगाएको आरोपबारे महानगरपालिका भने मौन छ ।

काठमाडौं महानगरले फुटपाथमा सामग्री बेच्न प्रतिबन्ध लगाएको भन्दै सडक पेटीको ठेला, फुटपाथका सामग्री बेच्न नदिने, बेचेमा थप कारबाही गर्न पछि नपर्ने सापकोटाले बताएका छन् ।

मेयर साहले सापकोटाका बारेमा दश जनता नगरबासीलाई सोधे पुग्छ । सापकोटाको हर्कतले कति जना आजित छन् भन्ने कुरा साहले अध्ययन गरे पनि हुन्छ ।

Published : Monday, 2022 July 4, 10:48 am

फेसबुकबाट तपाईको प्रतिक्रिया