जसपाले यी तीन मन्त्रीलाई फिर्ता बोलायो, नयाँलाई मौका, चकित परे बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले तीन जना मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएर नयाँलाई पठाउने निर्णय गरेको छ ।

जसपाले कृषिमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधारमन्त्री रेणु यादव र वनमन्त्री राम सहाय यादवलाई फिर्ता बोलाएको हो ।

जसपाले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिएको छ ।

नयाँ मन्त्रीको रुपमा मोहम्मद इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्र सिंह रहेका छन् ।

राईलाई भौतिक पूर्वाधार, यादवलाई वन र सिंहलाई कृषि मन्त्रीको रुमा सिफारिस गरिएको जसपाका एक नेताले बताएका छन् । राई र यादव प्रतिनिधि सभाका सांसद हुन् । सिंह राष्ट्रिय सभाका सांसद हुन् ।

जसपाले तीन जना नयाँ मन्त्रीको नाम पनि प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष सिफारिस गरिसकेको छ ।

मन्त्रीहरू हेरफेर गर्नुअघि अध्यक्ष उपेन्द्र यादवले वरिष्ठ नेताहरूसँग परामर्श गरेका थिए ।

कृषिमन्त्री महिन्द्र राय यादव र भौतिक पूर्वाधारमन्त्री रेणु यादव निकै विवादित मन्त्री हुन् । उनीहरूले कमिशनको खेलमा लागेर काम गर्न नसकेको आरोप खेप्दै आएका थिए । उनीहरूले देउवा सरकारको नाम खराव गरेको आरोप छ ।

नयाँ मन्त्री पठाउने विषयमा उपेन्द्र यादव हाबी भएका छन् । बाबुराम भट्टराई जसपाभित्र निरिह बनेका छन् ।

Published : Monday, 2022 July 4, 9:21 am

फेसबुकबाट तपाईको प्रतिक्रिया