कांग्रेसबाट अध्यक्षमा निर्वाचित कुँवरको निर्णयले प्रदीप ज्ञवाली र गोकर्ण विष्टहरू चकित

बुटवल । नेपाली कांग्रेसबाट मदाने गाउँपालिकाको अध्यक्षमा निर्वाचित महेन्द्रबहादुर कुँवरले आफूले पाउने सेवावापतको तलबभत्ता नलिने घोषणा गरेका छन् ।

गुल्मीको मदाने गाउँपालिकाका अध्यक्ष कुँवरले पाउने सेवावापतको तलवभत्ता नलिने घोषणा गरेका हुन् । उनले सो रकम पार्टीलाई दिने जनाएका छन् ।

उनले भने, ‘विभिन्न नाममा पालिका अध्यक्षलाई सेवावापतको रकम आउने गर्छ । मैले सेवा गरेको रकम लिदिनँ भनेर चुनावी सभामा नै भनेको थिएँ ।’

‘म सेवा गर्न आएको हुँ’, उनले भने, ‘यस्तो सेवा गरेवापत मलाई अतरिक्त पैसा चाहिँदैन त्यसैले नलिने निर्णय गरेँ ।’

अध्यक्ष कुँवरले तलवभत्ताको रकम नेपाली कांग्रेसको खातामा हालिदिने र उपयक्त क्षेत्रमा पार्टीले खर्च गर्न सक्ने बताएका छन् ।

उनले आफ्नो नाममा अतिथि सत्कार, इन्धनलगायतका शीर्षकमा २८ हजार रुपियाँ आउनेमा गत जेठ महिनादेखिको तलभत्ता नै पार्टीको नाममा पठाउने बताएका छन् ।

कम्युनिस्टहरूले लोभ गरेर मुलुकमा भ्रष्टाचार र अनियमितता गरिरहेका समाचार आइरहेका बेला कांग्रेसबाट अध्यक्षमा निर्वाचित कुँवरले ठूलो छाती देखाएका छन् ।

गुल्मीबाट प्रतिनिधि सभाको सांसदमा एमालेका गोकर्ण विष्ट र प्रदीप ज्ञवाली निर्वाचित भएका छन् । उनीहरू विवादमा तानिएका थिए । कांग्रेसका कुँवरको निर्णयले उनीहरू आश्चर्य चकित बनेका छन् ।

Published : Sunday, 2022 July 3, 8:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया