ओलीले बिगारेको नेपाल–भारत सम्बन्ध देउवाको पालामा सुधार हुँदै, नेपाल–श्रीवास्तववीच भेट

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् ।

शनिबार काठमाडौंको कोटेश्वरस्थित निवासमा भारतीय राजदूत श्रीवास्तवले आफूलाई भेट गरेको अध्यक्ष नेपालले बताएका छन् ।

अध्यक्ष नेपालले राजदूत श्रीवास्तवलाई स्वागत गर्दै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

भेटमा नेपाल–भारत सम्बन्ध र अहिले भइरहेको विविध समस्याका बारेमा कुरा भएको अध्यक्ष नेपालले जानकारी दिएका छन् ।

श्रीवास्तवले शिष्टाचार भेटपछि दुई देशबीचको सम्बन्धलाई बलियो बनाउने आश्वासन दिएको नेपालले जानकारी दिए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि तत्कालीन झण्डै दुईतिहाईको कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले बिगारेको सम्बन्ध क्रमशः सुधार हुँदै गएको छ ।

Published : Sunday, 2022 July 3, 1:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया