बाघको डमरु नेविसंघलाई कमजोर नठान्ने एमालेको छाउरा अनेरास्ववियुलाई चेतावनी

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले एमाले निकटको अनेरास्ववियुले जारी गरेको विज्ञप्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाद्वारा जारी विज्ञप्तिअनुसार अनेरास्ववियुको आधिकारिक लेटर हेडमा केन्द्रीय अध्यक्षको नामबाट जारी विज्ञप्तिको सन्दर्भमा नेविसंघले आपत्ति जनाएको हो ।

त्रिविमा लगाइएको तालाका विषयलाई लिएर अनेरास्ववियुले लफडा गरेको थियो । त्रिविको गरिमा र मार्यादा बचाउन नेविसंघले ताला लगाएको थियो ।

नेपाली कांग्रेस निकटका प्रध्यापक र कर्मचारीलाई दुःख दिएर एमाले समर्थक कर्मचारी र प्रध्यापकलाई पक्षपोषण गर्ने हर्कत उपकुलपति र नेतृत्वले गरेपछि नेविसंघ आन्दोलनमा उत्रिएको थियो । नेविसंघले त्रिविको गरिमा बचाउन गरेको कदमविरुद्ध अनेरास्ववियुले विज्ञप्ति जारी गरेर उत्पात मच्चाउन खोजेपछि अध्यक्ष शेर्पाले काउन्टर जवाफ दिएका छन् ।

नेविसंघलाई अनेरास्ववियुले देखाएका हर्कतको अध्यक्ष शेर्पाले आवश्यक पर्दा उनीहरूकै शैलीमा जवाफ दिने चेतावनी दिएका छन् ।

दाङको बेलुझुण्डीमा रहेको संस्कृति विश्व विद्यालयमा पनि एमालेहरूले आफू अनुकूल हर्कत गरेपछि नेविसंघले तालाबन्दी गरेको छ । त्यो ताला पनि अनेरास्ववियुले खोल्ने जनाएको थियो । नेविसंघले प्रतिकार गर्ने भएपछि अनेरास्ववियु ब्याक भएका छन् ।

नेविसंघले त्रिविभित्रको भ्रष्टाचार, बेतिथि र आस्थाका आधारमा प्रध्यापक, विद्यार्थी र कर्मचारीमाथि भएको श्रृङ्खलाबद्ध प्रणालीगत प्रहारको बारेमा पन्ध्र दिनभित्र उच्चस्तरीय निष्पक्ष छानविन समिति गठन गर्न माग गरेको नेविसंघले तालाबन्दीका कार्यक्रमसहित आफ्ना कार्यक्रम स्थगित गरेको थियो ।

नेविसंघले देखाएको संयमता, त्रिविप्रतिको माया र राजनीतिक संस्कारलाई अनेरास्ववियुले कमजोरीका रुपमा लिएपछि नेविसंघका अध्यक्ष शेर्पाले अनेरास्ववियुलाई औकातमा बस्ने चेतावनी दिएका छन् ।

Published : Wednesday, 2022 June 29, 11:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया