मन्त्री फुत्किएपछि ‘ग्वाँ ग्वाँ’ रोएर चर्चित बनेकी झाक्रीले मच्चाइन् अर्को बबाल लफडा

काठमाडौं । मन्त्री पद फुत्किएपछि पीडा थाम्न नसकेर पत्रकार सम्मेलनमै ‘ग्वाँ ग्वाँ’ रोएकी निवर्तमान शहरी विकासमन्त्री रामकुमारी झाक्रीले अर्को झमेला गरेकी छिन् ।

ललितपुरको पुल्चोकस्थित मन्त्री क्वाटर छाड्न झाक्रीले नमानेर लफडा गरेको स्रोतले जनाएको छ । उनले केही दिनपछि क्वाटर छाड्ने भनेर कर्मचारीहरूलाई सूचना दिएकी छिन् ।

झाक्रीलाई मन्त्री पद जान्छ भन्ने कुरा २१ दिन अगाडि नै थाहा थियो । उनको पार्टी नेकपा (एकीकृत समाजवादी)ले चार मन्त्रीलाई फिर्ता बोलाएर नयाँ चार जनालाई पठाउने निर्णय गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र समेत पठाइसकेको थियो ।

मन्त्री पद फुत्किएपछि एकीकृत समाजवादीका तीन जना मन्त्रीहरूले मन्त्री क्वाटर छाडे पनि झाक्रीले क्वाटर छाड्न अटेर गरेकी हुन् । अहिले पनि सरकारी गाडी र पिएसओ लिएर हिँड्ने गरेकी झाक्रीको तामझाम नै अर्कै छ ।

झाक्री पिएसओ लिएर सोमबार बबरमहलको महँगो मूल्य सूची रहेको ‘बसेर बुटिक’ होटेलमा खाजा खान पुगेकी थिइन् । प्रत्यक्षदर्शीका अनुसार झाक्री मन्त्री भएपछि यो होटेलमा बारम्बार आउने गरेकी छिन् ।

विरोध खतिवडा, प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठले मन्त्री क्वाटर छाडिसकेका छन् । उनीहरू आ–आफ्नो बासस्थानमा पुगेका छन् ।

मन्त्री झाक्रीको काठमाडौंमा आफ्नै घर पनि छ । घर हुँदाहुँदै क्वाटर छाड्न नमानेपछि कर्मचारीहरू चकित परेका छन् । झाक्री शुरुका दिनमा सेलिब्रेटी बनेकी थिइन् । पछिल्ला दिनहरूमा मन्त्री पद, ठेकेदार र भ्रष्ट कर्मचारीहरूप्रति उनले देखाएको मायाप्रेमले गर्दा विवादमा परेकी छिन् ।

पार्टीले मन्त्रीबाट फिर्ता बोलाएपछि मन्त्री पद बचाउन झाक्रीले गरेका हर्कतबाट एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितको नेताहरू चकित परेका छन् ।

झाक्रीलाई इमान्दार, ज्ञानी र असल नेताका रुपमा अध्यक्ष नेपालले लिँदै आएका थिए । झाक्रीको व्यवहारले नेपालको मन दुखाएको छ ।

हुन त मन्त्री पद छाड्न नचाहने झाक्री, आले, खतिवडा र श्रेष्ठले हस्ताक्षर गरेर नेतृत्वलाई धम्की समेत दिएका थिए । उनीहरू मन्त्री पदमा टाँसिइरहन निच हर्कत पनि गर्न सक्छन् भन्ने उदाहरण दिएका छन् ।

मन्त्री पद बचाउन उनीहरूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर गुहार समेत माग गरेका थिए । त्यो कुराको पुष्टि एउटा अन्तर्वार्तामा नेता जगन्नाथ खतिवाडले समेत भनिसकेका छन् ।

मन्त्री पद बचाउन पार्टी छाड्नेदेखि एमालेमा प्रवेश र अर्को नयाँ पार्टी बनाउनेसम्मका धम्की आले, झाक्री, खतिवडा र श्रेष्ठले दिएका थिए । खतिवडा, आले, झाक्री र श्रेष्ठ जस्ता नेतालाई एमालेले सजिलै रुपमा भित्र्याउँछ भन्ने भ्रममा उनीहरू कसरी परे ? सामाजिक सञ्जालमा विभिन्न खालका टिकाटिप्पणी भएका छन् ।

Published : Tuesday, 2022 June 28, 10:27 am

फेसबुकबाट तपाईको प्रतिक्रिया