गृहमन्त्री खाणको कुरा सुनेर अहँकारी कम्युनिस्टहरू खुसीले गदगद

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले संयुक्त राज्य अमेरिकाको स्टेट पाटनरसीप प्रोग्राम (एसपीपी) अघि नबढाउन नेपाल सरकार मन्त्रिपरिषदले गरेको निर्णय नेपाल सरकार परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ ।

रक्षामन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट राष्ट्रिय सभामा जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाणले एसपीपी अघि नबढाउन सरकारले गरेको निर्णय परराष्ट्र मन्त्रालयमा पत्राचार गरिएको जानकारी दिए ।

मन्त्रिपरिषदको असार ६ गतेको बैठकले एसपीपी अघि नबढाउने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद् बैठक संख्या १०/०७९ को निर्णय अनुसार चलानी नम्बर म.बै/३२१/७०७९ मा पत्र पठाइएको हो ।

पत्रको बोधार्थ तथा कार्यार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र रक्षा मन्त्रालयका सचिवलाई पनि दिइएको छ ।

एसपीपीको विरोधमा कम्युनिस्टहरूले उत्पात मच्चाएका थिए । तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसपीपी अमेरिकाबाट ल्याउन पहल गरेका थिए ।

नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारले एसपीपीलाई नेपालमा भित्रिन दिएन । कम्युनिस्टभन्दा कांग्रेस मुलुक र राष्ट्रियताप्रति जिम्मेवार छभन्ने सन्देश दिएको छ । कांग्रेसले कहिल्यै पनि कम्युनिस्ट जस्तो राष्ट्रघाती व्यवहार गर्दैन भन्ने कुरा पुष्टि भएको छ ।

Published : Monday, 2022 June 27, 11:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया